सेनामा गूप्तचर प्रमुख र सैनिक प्रवक्ता फेरीए

काठमाडौं– नेपाली सेनामा उच्च अधिकृतहरुको काज सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनाको गूप्तचर महानिर्देशनालयका प्रमुखमा उपरथी सरोज प्रताप राणालाई जिम्मेवारी दिइएको छ ।

हालका गूप्तचर प्रमुख झंकर कठायतले अवकास पाउने दिन नजिक छ । उनि श्रावण १५ मा उपरथीबाट अवकासमा जांदैछन् । त्यसैगरी उपरथी बढुवाको लाइनमा रहेका सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलाई उपरथी राणाको ठाउंमा मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ ।

उनको ठाउंमा १५ बाहिनीका बाहिनीपति रहेका सहायकरथी सन्तोष वल्लव पौडेललाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको छ । त्यसैगरी १५ बाहिनीको बाहिनीपतिमा सहायकरथी अरुण पाल, आप्रमा सहायकरथी योगराज शर्मा र सुरक्षा परिषदमा सहायकरथी भरत पाठकको काज सरुवा भएको छ ।

source : kathmandupati

You can share this post!