टेकराज अछामीले ल्याए ‘बाह्र ताल खण्ड अठार’ (भिडियो सहित)

काठमाडौं । टेकराज अछामीको नयाँ गीत ‘बाह्र ताल खण्ड अठार‘ सार्वजनिक भएको छ । साज्जन धामी र सानु सुनारको स्वर रहेको उक्त गीत टेकराज अछामी अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । जनवादी कलाकार डम्बर रोकायाको शब्द संगित रहेको सो गीतको म्युुजिक भिडियोमा चक्र बहादुर बोहरा र लक्ष्मी शाहीको अभिनय रहेको छ ।


गीतको म्युजिक भिडियो महेश विक्रम पाण्डेले निर्देशन गरेका हुन भने डिबि रौलेले खिचेका हुन । भिडियोमा सह कलाकारको रुपमा भरत बटाला, भरत रोकाया, पूर्णीमा लामा र राम कुँवर रहेका छन । गीतको बारेमा प्रतिक्रिया दिदै टेकराज अछामीले पर्यटकिय क्षेत्र रामारोशन सम्बन्धि पहिलो लोक दोहोरी गीत लिएर आएको बताए । उनले भने, ‘पर्यटकिय क्षेत्र रामारोशनको बारेमा गीत बनाउन पाउदा खुसि लागेको छ ।’ पर्यटकीय क्षेत्र रामाराेशनलाइ गित संगित मार्फत विश्वभर चिनाउन सकिने भए पनि सराेकारवाला निकायले यसबारेमा कुनै पहलकदमी नगरेकाे पनि उनले जानाकाी गराए ।

You can share this post!