साम्राज्ञी र आनासँग फिल्म खेल्ने भए प्रेमगीत–३ डेब्यु नायक मनिषले

नायिकाद्वय साम्राज्ञी राज्य लक्ष्मी शाह र आना शर्माको अभिनय रहने नयाँ फिल्ममा ‘प्रेम गीत ३’ का अभिनेता मनिष राउतले काम गर्ने भएका छन् । आफ्नो पहिलो फिल्म रिलीज नहुँदै राउतले अर्को फिल्ममा काम गर्न लागेका हुन् । ‘प्रेम गीत ३’ मा नायक प्रदीप खड्कासँग काम गरेका मनिषले आगामी चलचित्रमा प्रमूख भूमिका निभाउँदै छन् । तीनै कलाकारसँग बिहिबार सम्झौता भएको छ ।

सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा मनिष, साम्राज्ञी र आनाको अभिनय एकसाथ हेर्दा रोचक हुने अनुमान गरिएको छ । यो फिल्मलाई यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्दैछन् । पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन बिषय अध्ययन गरेका हुन् । फाइनल स्क्रिप्टमा काम भईरहेको यो फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए ।

‘यूवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो चलचित्रमा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको हो । अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ । हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने, ‘’कमिङ् एज’ को कथामा हामीले दुई बर्ष देखी काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ’ । ‘डक्टर डेनिम’को प्रस्तुतीमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । सह निर्माता करन साउद हुन् ।

You can share this post!