भारतीय सञ्चारमाध्यमले नेपाली राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचार खेदजनक : महासङ्घ

काठमाडाैँ : भारतीय सञ्चारमाध्यमले नेपाली राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचार खेदजनक : महासङ्घ
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले भारतीय सञ्चारमाध्यमले चलचित्र कलाकार मनीषा कोइरालाले राष्ट्रियताका पक्षमा दिएको अभिव्यक्तिको विरोध गर्ने बहानामा नेपालको राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचारको निन्दा र भत्र्सना गरेको छ ।

महासङ्घले विज्ञप्ति जारी गरी मनीषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा कमेन्ट गर्दै लेखेको ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान् देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ’ भनाइप्रति लक्षित गर्दै भारतीय सञ्चारमाध्यमले नेपालको राष्ट्रियतामाथि नै आँच आउने गरी दुष्प्रचार गरेकोमा आक्रोश पनि व्यक्त गरेको छ ।

महासङ्घका तर्फबाट खेम थपलियाले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

You can share this post!