चिनियां सेनासंग भएको झड्पमा २० भारतिय सैनिकको मृत्यु भएको दावी

एजेन्सी – चिनियां सेनासंगको झड्पमा ३४ भारतीय सैनिक वेपत्ता भएका छन् । पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपमा १ कर्णेलसहित ३ जनाको मृत्यु भएको छ । भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले ३४ जनाभन्दा बढी वेपत्ता रहेको समाचार प्रकाशित गरेको छ।

त्यसैगरी भारतिय अनलाइन पत्रिका नवभारत टाइम्सले लद्दाखको गलवान क्षेत्रमा चिनियां सेनासंग भएको झड्पमा कम्तिमा २० सैनिकको मृत्यु भएको जनाएको छ । सीमामा दुवै देशका सेनावीच तनाव वढेपछि चिनियां उपविदेशमन्त्री लुओ झाओहुई र चीनका लागी भारतिय राजदूत विक्रम मिसरीवीच भेटवार्ता भएको छ ।

चीनले सीमा क्षेत्रमा तनाव वढेसंगै तिब्बतमा ठुलो संख्यामा अत्याधुनिक हतियार र टयांकसहित सेना परिचालन गरेको छ ।

भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएको हुनसक्ने वा चिनियां सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक जानकारी दिएको छैन् । रक्षामन्त्री राजनाथ सिंह र सुरक्षा निकायका प्रमुखहरुवीच दिनभर वैठक भएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

चिनियां र भारतीय सेनाबीच धकेलाधकेल हुंदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ।

तीन भारतिय सेनाको मृत्युसंगै भारत र चीनको सम्बन्धमा दरार उत्पन्न भएको छ । भारतिय विदेश मन्त्रालयले चिनियां पक्ष्ँले सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । भारतिय विदेश मन्त्रालयका प्रवक्ताले भारतिय सेनाका सवै गतिविधी लाइन अफ एक्चुअल कन्ट्रोलभित्र रहेको दावी समेत गरेका छन् ।

भारतले सीमा क्षेत्रमा शान्ति कायम राख्न र असमझदारी संवाद हल गर्नुपर्ने आवश्यकताप्रति विश्वस्त रहेको जनाएको छ । भारत आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न प्रतिवद्ध रहेको भारतिय विदेमन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

यता, चिनियां विदेश मन्त्रालयले पनि भारतिय पक्षले समझदारी पालना नगरेको, चीनलाई उत्तेजित वनाएको र भारतिय सेनाले सीमा रेखा पार गरेको आरोप लगाएको छ ।

source : kathmandupati

You can share this post!