काठमाडौं – रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्याकाण्ड योजनाबद्ध तरिकाले भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
६ जनालाई गाउँलेले कुटेर बेहोस बनाएर भेरी नदीमा फालेको प्रहरीको निष्कर्ष छ । रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।
आइतरबार सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको हो । ३४ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा दर्ता गरिएको जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।
जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको चौरजहारीमा हत्या गरिएको थियो ।
source : kathmandupati