नेकपाले आईतवार बोलायो सचिवालय वैठक

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक वस्ने भएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच सचिवालय वैठक बोलाउने सहमती भएको स्रोतको दावी छ । शुक्रवार दुवै नेताबीच भएको भेटमा आईतवार वैठक बोलाउने सहमती भएको हो । यसअघि नेकपाको सचिवालय वैठक वोलाउने निर्णय भएपनि वैठक अन्तिम समयमा स्थगित हुंदै आएको थियो ।

शनिवार नेपालको परिवर्तित नयां नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित गरेको भोलीपल्ट नेकपाले सचिवालयको वैठक बोलाएको हो ।

वैठकमा संविधान संशोधन विद्येयक पारित गरिसकेपछिको राजनितिक अवस्था, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र मन्त्रिपरिषदको पुर्नगठनलगायतका विषयमा छलफल हुने नेकपा स्रोतको दावी छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसीलाई अघि बढाउने पक्ष्ँमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्य एमसीसी सम्झौतामा संशोधन नगरी पारित गर्न नहुने अडानमा छन् ।

source: kathmandupati

You can share this post!