काठमाडौं– नेपालले प्रतिनिधिसभा बैठकबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेपछि भारतले त्यसमा प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिवार सांझ वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् । नेपालले आफ्नो भुभागलाई समेत समेटेर संविधान संशोधन गरेको भन्दै त्यो भारतलाई मान्य नहुने बताएका हुन् ।
नेपालले नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेर यसअघि नै नयां नक्सा जारी गरेको थियो । नेपालले नयां नक्सा जारी गर्ने वित्तिकै त्यसको विरोध गरेको थियो । शनिबार प्रतिनिधिसभाले नयां नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई सर्वसम्मत अनुमोदन गरेपछि भारतको प्रतिक्रिया आएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपालको यो कदमले सीमा विवादको हकमा वार्तामार्फत समस्याको समाधान खोज्ने समझदारी पनि उल्लंघन भएको बताएका छन् ।
source: kathmandupati