जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम वरिष्ठ नेतामा सिमित

काठमाडौं – जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राप्रपा) नेपालबीच एकता भई बनेको जसपा आयोगमा दर्ता भएको हो ।

आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ रहेको छ ।

जनता समाजवादी पार्टीमा दुई जना अध्यक्ष रहने छन् । पार्टीको अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको हो ।

जसअनुसार बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता कायम रहनेछन् । यस्तै, ५३ जना केन्द्रीय कार्यकारिणी सदस्य रहनेछन् ।

आज दिउँसो बाबुरामलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति भएको थियो । तर, उक्त सहमति उल्टिएको हो ।

source : kathmandupati .com

You can share this post!