५ लाखभन्दा कमको सहायता नलिने स्वास्थ्य मन्त्रालयको घोषणा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ लाख भन्दा कमको सहायता सामग्री नलिने निर्णय गरेको छ ।

आइतबार बसेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको बैठकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रयोग हुने ५ लाख भन्दा कमको स्वास्थ्य सामाग्री नलिने निर्णय गरेको हो ।

सहायता सामग्री समबन्धी न्युनत्तम मापदण्ड, २०७७ जारी गरेर मन्त्रालयले विभिन्न दात्रु निकायहरुले गर्ने सहयोग ५ लाख भन्दा कमको नलिने निर्णय गरेको हो ।

नयाँ मापदण्ड अनुसार सहायता सामग्री प्रदान गर्ने निकायले जुन प्रयोजनको लागि सहायता गर्ने हो त्यसको पूर्ण सेट नै उपलब्ध गराउनुपर्ने छ । त्यसैगरी सहायता सामग्री मापदण्डमा सहायता सामग्रीको गुणस्तर नेपाल सरकारको गुणस्तर नियामक निकाय (गुणस्तर तथा नापतौल विभाग या औषधि व्यवस्था विभाग)बाट गुणस्तर प्रमाणित भएको हुनुपर्ने छ ।

‘सहायता सामाग्रीहरु, सहायता गर्ने अस्पतालको सम्बन्धित कर्मचारीलई उक्त सामाग्री सञ्चालन, मर्मत सम्भार सम्बन्धित अभिमुखिकरण प्रदान गर्ने प्रतिबद्धता हुनुपर्नेछ । नेपालभित्र मर्मत सम्भार गर्न नसकिने सामाग्री भएमा सामाग्रीको वारेन्टी अवधिभित्रको मर्मत सम्भार कार्य सहयोगी निकायले नै गराउनुपर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले सहयाता स्वरुप प्रदान गरिने स्वास्थ्य सामाग्रीको मूल्य खुलेको इन्भोइसको प्रतिलिपि समेत संलग्न गरी मन्त्रालयमा निवेदन पेश गरेमा भन्सार महशुल छुटको लागि भन्सार विभागसँग र अन्य सरोकारवालाहरुसँग समेत आवश्यक समन्वयको कार्य हुने बताएको छ ।

source:kathmandupati.com

You can share this post!