प्रदेश सरकार बाँदरको पुच्छर लौरो न हतियार, विस्तारै लोप भएर जान्छ : रामनाराण बिडारी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनाराण बिडारीले प्रदेश सरकार निष्क्रिय भएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद बिडारीले कोरोना रोकथामका लागि प्रदेश सकारले कुनै काम नगरेको बताएका छन् । सांसद बिडारीले प्रदेश सरकार काम नगर्ने तर, गाडी किन्न तम्सिने गरेकाले बाँदरको पुच्छर जस्तो काम नलाग्ने भएको बताएका छन् ।

‘तीन तहको सरकार मध्ये एउटा सरकार धेरै सक्रिय भएको देखिएन । डार्विनको सिद्धान्त अनुसार विकासवादि सिद्धान्त, ‘थेउरी अफ इभोलुसन’ अनुसार जुन अंगले काम धेरै गर्दैन त्यो अंग विस्तारै लोप भएर जान्छ । यस्तै भयो कि प्रदेश सरकारको । प्रदेश सरकारलाई सक्रिय बनाउन किन सकिएन ?’, उनले भने, ‘यदि सक्रिय बनाउन सकिएन भने मलाई चिन्ता पर्यो संघीयतामा आँच आउने भयो । त्यसैले महँगा गाडि किन्यो रे, प्रदेशले महँगा गाडि किन्यो रे, सरकारले विभिन्न सुविधा थप्यो रे, यस्तो प्रकारका समाचारहरु व्यापक रुपमा आइरहेका छन् । यो बेला विलाशिताको सामान किन्ने बेला होइन । उपचारमा सक्रियता चाहियो । नत्र उपयोगहिन अंग लोप हुन्छ । बाँदरको पुच्छर लौरो न हतियार भनेको टेक्न पनि नहुने कुट्न पनि नहुने अनि त्यो पुच्छर विस्तारै लोप भयो भनेजस्तै अहिलेको सरकार मध्ये प्रदेश सरकारलाई त्यस्तै बनाउन खोजिएको हो की कसो हो ? यसको जवाफ चाहियो ।’

विडारीले लकडाउनको अवस्थामा जोताएर खाने र जोतिएर खाने वर्ग दुवै पीडित बनेको बताए । लकडाउनका कारण दैनिक कमाई खाने वर्गलाई लकडाउनले सबैभन्दा ठूलो असर परेको तर सरकारको ध्यान त्यतातिर जान नसकेको उनको भनाई थियो ।

उनले भने, ‘जोताएर खाने एउटा वर्ग, जोतिएर खाने अर्को वर्ग, जोताएर खाने वर्ग र जोतिएर खाने वर्ग दुवै अहिले पीडित छन्। दैनिक कमाई गरेर खर्च गर्ने एकथरी, महिनादिन कमाएर खर्च धान्ने एकथरी, संगठित संस्थाका श्रमिकहरु र असंगठित संस्थाका श्रमिकहरुको बिचमा ड्राइभर, खलासी, भरिया र किसान इत्यादिलाई लकडाउनले ठूलो भन्दा ठूलो असर पर्यो । सरकरको ध्यान त्यता अलिबढी जानु पर्यो अहिले गएको पुगेन ।’

सांसद बिडारीले सरकारले १० अर्ब खर्च गरिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको बताएका छन् । उनले उनीहरुले विदेशबाट प्लेनमा आउने नागरिक र भारतबाट आउने नागरिकहरुबीच असमान व्यवहार गरिएको बताए ।

काठमाडाै पाटी बाट

You can share this post!