स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ प्रवक्ता आएका छन् ।

मन्त्रालयको प्रवक्ताको जिम्मेवारी परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका प्रा. डा. जागेश्वर गौतमलाई दिइएको हो ।

हाल प्रवक्ता रहेका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

काठमाडाै पाटी बाट

You can share this post!