नेपालमा आइतबार २१३ जना कोरोना संक्रमित थपिए

काठमाडौं – आइतबार नेपालमा २१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशका विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय पुरुष र २ जना महिलाहरु अस्पतालबाट डिस्चार्ज भएका हुन् ।  योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ४६७ पुगेको छ ।

तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज भएका छन् ।

काठमाडाै पाटीबाट

You can share this post!