नेपालि शब्दकाेष देखि जन न्यायकाे लागि रगत बगाएर लेखिएकाे संबिधानमा पनि खाेट छ

खडक विश्वकर्मा

आज मेरो घरको दुध किनिदैन म दलित भएर समाजमा मेरो मेहनत चिनिदैन म दलित भएर उस्ले र मैले पुज्ने त्यो मन्दिरको भगवान एउटै उ चोखो म जुठो मलाई लगिदैन म दलित भएर काटे रगत रातो फरक के मा देख्यौ बुझिन मैले भिन्नता हामीमा, साथ खाहिदैन म दलित भएर म हुर्काउछु फुल उस्ले टिपी लादा चोखो मन्दिरमा मैले छुदा अछुत मन्दिरमा राखिदैन म दलित भएर भन्छन सबै समान,जातभात रुडिबादी तोड्नु पर्छ अझै समाजमा समानताले हेरिदैन म दलित भएर पुर्ब मेचि देखि पश्चिम महाकालि सम्म सुन्दर देखिने हाम्राे नेपालमा एउटा अचम्मकाे खाेट छ ।

हरेक शब्दकाे अर्थ लाग्ने नेपालि शब्दकाेष देखि जन न्यायकाे लागि रगत बगाएर लेखिएकाे संबिधानमा पनि खाेट छ । अाज हजाराै श्रमजिबि नेपालिहरु मध्य दलित समुदायका मानिसहरु दिनानु दिन मुत्युकाे मुखमा पुग्नुकाे रहस्य नेपालि संबिधान लेख्ने नेपाल सरकार र सरकारका प्रधानमन्त्रिकाे चाँसाे नभएर हाे दलितकाे लागि बाेल्दा र कानुन कार्यन्वयन गर्दा सिंह दरबार र बाम गठबन्धन अछुत त पक्कै पनि हुदैन हाेला ?

यदि नेपालकाे कानुन र संबिधानकाे अपमान गरेर दलित माथिका हरेक घटनाकाे छानबिन र रुकुम साेति हत्या कान्डका हत्यारा हरुलाई कार्भाई गरीएन भने नेपालकाे संबिधान र नेपालि शब्दकाेषका लागि मुख्य खाेट भनेकै दलित शब्द हुनेछ दलित भनेर अाैल्याईएका मानिसहरु हुनेछन र याे अछुतकाे खाेट मेटाउनकाे लागि देशमा रगतकाे खाेला बग्न सक्छ यसकाे जिम्मेवार निकाय नेपाल सरकार हुनु प्रर्ने स्पस्ट छ ।

नेपालमा जातिय छुवाछुत अन्तय भयाे भनेर घाेषणा गरेकाे करीब ६ दशक पुग्न लाग्दा पनि शिक्षण अस्पतालकाे फ्रिजमा छ काभ्रेका अजित मिजारकाे लास चुलाे छाेएकाे न्युमा मारीएका कालिकाेट जुबिथाका महनबिर सुनारका छाेरा छाेरी टुहुरै छन २०७४ सालकाे स्थानिय तहकाे चुनाब पछि धाराे छाेएकाे न्युमा मारीएकी दलित महिला वडा सदस्य मना सार्किका श्रिमान बेहाेस भएकै बेला फेरी कर्णालि प्रदेशकै पश्चिम रुकुम तथा कम्युनिष्ट क्रन्तिका जुझारु नेता पुर्ब मन्त्रि जनार्दन शर्माकाे जिल्ला सबैभन्दा पहिला जातिय बिभेद मुक्त जिल्ला घाेषणा भएकाे जिल्ला त्यहि जिल्लामा दलित भएकै कारण बिहेकाे जग्गेमा

समेत बस्न नपाएर एउटा नारीलाई बाल बिधुवा बनाई गर्बमा बच्चा टुहुराे भएकाे दुखद घटनाले अाज दलित समुदायकाे ध्यान अाकर्षण मात्र हैन देशकाे शिर समेत बिश्वसामु धैरै झुकेकाे अनुभुति भएकाे छ किनकि जाजरकाेट जिल्ला घर भएका बर्ष २० का नमराज बिश्वकर्मा गर्बमा अाफ्नाे बच्चा हुर्काई रहेकि मल्ल ठकुरीकि छाेरी अाफ्नि प्रेमिकालाई अाफ्नाे घरमा ल्यानकाे लागि जादा रूकुम चाैरजहारीका गाउँलेकाे कुटाईबाट नमराज बिश्वकर्मा र उनका साथिहरुकाे याेजना बत्त मृत्य गरी भरी नदिमा बेपत्ता पारीएकाे तिताे घटना एकाएक सुन्नु पर्याे ।

नेपालि कम्युनिष्ट क्रान्तिका बेला तत्कालिन दश बर्षिय जनयुद्वकाे बेला कालिकाेटका प्रथम सहिद काेटभाडाका कालि बहादुर बिश्वकर्माले अाज याे दिन देख्नकाे लागि हाँसि हाँसि प्राण त्याग गरेका हाेइनन, पुर्ब मन्त्रि तथा प्रर्तिबन्धित नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकान्ड पनि अाफ्नाे स्वार्थकाे लागि राजनिति गरेर मन्त्रि भएका थिएनन । यदि स्वार्थ भएकाे भए प्रचन्डका जस्ता अाठ दशवटा घर र वरिपाेरि सेक्युरेटि हुन्थे किनकि खड्ग बहादुर बिश्वकर्मा प्रकान्ड हिजाे माल्काेटकाे स्कुलमा शिक्षक हुदा दलितकाे छाेरालाई नमस्कार नहुने र दलित शिक्षक हुने बिधालयमा छाेराछाेरी नपढाउने भनेर माल्काेटि ठकुरीहरुले कुटपिट गरेर प्रकान्डकाे टाउकाे रक्ताम्य गरेका हुन

घर सम्म पुगेेर घर घरेर मार्न खाजेका ठकुरिबाट बच्नकाे लागि अाफ्नि श्रिमतिका गुनिउ चाेलाे लगाई सलकाे घुम्चाे माथि जुठाभाडा राखेर भागेर भुमिगत भई जनयुद्वमा दुई वटा भाई गुमाएर ज्यान बचाउन सफल भई एउटा गाउँकाे साेझाे शिक्षक अाज प्रकान्ड भएरअझै मुक्तिका लागि बाेल्दा त प्रर्तिबन्द छ भने हामि बिहान बेलुका उनिहरुकै काम नगरी खान नपुग्ने लाई कसरी मुक्ति सम्भब छ हाम्राे नेपालमा ! सत्य बाेलाै अधिकार खाेजाै कर्तब्य पालना गराै । सिप सिकाै शिर नझुकाउ मुक्ति पाउन जुक्ति खाेजाै ।

लेखक नेपाल कम्युनिष्ट पार्टि रकु गाउँ कमिटि कालिकाेटका सेक्रेटरी हुन ।

You can share this post!