पुजीवादले अपराधमाथी ब्यापार गरिरहेछ

बि पि बिद्राेही

अब सुरु हुनेछ मृत्युमाथिको व्यापार
अब खुल्नेछ समबेदनाको उद्योग
औंला भाचेर गरिनेछ जित र हारको हिसाब
उनिहरु सहिद बन्नेछन
भेरिका किनारहरुमा ठडिनेछन शालिक
र बन्नेछन
नबराज चोक,
टिकाराम घाट
सरकारले सहुलियतमा रिण दिनेछ
र जातिय विभेद सहकारी संस्था खुल्नेछ
चौराजाहरी स्मृति प्रतिस्ठानको स्थापना हुनेछ
मन्त्रीबाट उदघाटन हुनेछ
र उनिहरु नै बन्नेछ अध्यक्ष ,सदस्य र संयोजक
जस्ले नबराजहरुलाई भेरिमा बगाए ?
प्रत्येक बर्स बर्सगाँठ मनाइनेछ
माल्यार्पण उनिहरुले नै गर्नेछन
घुँडाबाट आँसु उनैले झार्नेछन
र भासण छाटिनेछ
अब बिकासको ढोका खुल्यो
समाजबाद ल्याइछाडनेछौं

समाजसेवी उनै कहलिनेछन
र अर्को साल टिकट उनैले पाउनेछन
जस्ले नबराजहरुलाइ भेरिमा धकेले ?
हो सभासद उनै बन्नेछन
देश उनैले चलाउनेछन

गणतन्त्रलाई ढाल बनाएर
पुजीवादले अपराधमाथी ब्यापार गरिरहेछ
गरिरहने छ

साथी अब येस्तोखाले भ्रम चिरेर
एक कदम माथी उठौं
बिभेदरहित समाजको निर्माण गरौं ।

You can share this post!