गणतन्त्रका कुलङ्गारहरु लाइ श्रद्धाञ्जली

रमेश सुनार ( अग्रिम )

गणतन्त्रका मुल्य मान्यताहरु लाइ
जनताका त्याग बलिदानहरु लाइ
सहिदको सपनाहरु लाइ
महिला, आदिवासी, जनजाती,
दलित र गरिबका अधिकार
छिन्ने मेरो देशका कुलङ्गारहरु लाइ
गणतन्त्र दिबशको बिहानी बाट श्रद्धाञ्जली ।।

हो गणतन्त्र दिबशको बिहानिबाट
ति कुलङ्गारहरु लाइ श्रद्धाञ्जली ।।
किन कि गणतन्त्र यहाँ
नाममा सिमित भयो
किन कि गणतन्त्र यहाँ
कागजमा सिमित भयो
किन अधिकार यहाँ
कानुन मा सिमित भयो ।।
किन कि यहाँ बलिदान को कुनै अर्थ छैन ।
गणतन्त्रमा दलित मारिरहनु पर्ने
गणतन्त्रमा दमित भइरहनु पर्ने
गणतन्त्रमा युवाहरु
बिदेशका गल्ली गल्लिहरुमा
अपमानित जिबन भोग्दै
21 औं सदिको दोस्रो दसकमा
भाडाको मजदुर हुँदै
बिदेशी बजारमा भौतारिनु पर्ने
महिलाहरु बालात्कृत हुदै
अस्मिता लुटिनु पर्ने ।।
ओ हिजोका प्रीय प्रीय कमरेडहरु …
रणमैदानका कमाण्डरहरु
रणमैदानका सिपाहीहरु भनिदेउन है
उन्मुक्तिको गित लेख्ने
रक्त क्रान्तिका गित गाउने
ए महासमरका यात्रीहरु
फेरि एक चोटी लेखी देउन है
फेरि एक चोटी गाइ देउन
गणतन्त्र गरिब को भयन
गणतन्त्र दलितको भयन
त्यसैले मैले त भनी नै सके है
गणतन्त्रका मालिकहरु लाइ अर्थात
मेरो देशका कुलङ्गारहरु लाई श्रद्धाञ्जली ।।
गणतन्त्र मा
आज भारी बोक्दै जिवन चलाउने
तामाङ दाइले काठ्माण्डौको सडक पेटिमा
जिबनको मृत्यु बरण गर्नु पर्यो
कथित माथिल्लो जातकी युबती सङ्ग प्रेमजालमा परि
नौजवान दलित युवा
आफु र आफ्नो दौँतरी सहित
रुकुम चौरझारिमा मारिनु पर्यो
पसिना बगाइ बगाइ रेमिटान्स पठाउने
नौजवान युवा बिदेशमा सड्नु पार्‍यो
बिदेशमा ढल्नु पार्‍यो ।।
त्यसैले गणतन्त्रका मालिकहरु लाइ
मेरो देशका कुलङ्गारहरु लाइ
श्रद्धाञ्जली
हामीले भन्नै पर्छ प्रण गर्नै पर्छ
गरिबबाट मुक्त हुन
समाज बाट सम्मान हुन
क्रान्ति गर्नै पर्छ
बिद्रोह गर्नै पर्छ
अन्तिम लडाइँ लड्नै पर्छ
बिभेध अनि शोषण रहित
समाज निर्माण गर्नै पर्छ ।।
फेरि पनि श्रद्धाञ्जली
मेरो देशका कुलङ्गारहरु लाइ
गणतन्त्रका मालिक हरु लाई ।।

श्रष्टा अखिल क्रान्तिकारी ललितपुर जिल्ला अध्षक्ष हुन

You can share this post!