बि पि बिद्रोही
………………………………
भद्रगोल बन्दिघरबाट
तिमिले नियालेको चन्द्रागिरी
म खोजिरहेछु ओल्टाइ पल्टाइ
ती बिम्बहरु,ती लयहरु
कतै भेटछु कि भाबहरु
कतै भेटछु कि तिम्रा रङहरु
यो खाल्डोको कुनै उंचो भागबाट
प्रिय् कृष्ण सेन
चुमुचुमुझैं लाग्ने आकाशहरु
डरलाग्दा भएका छन
हलुवाबेदका दानाहरुमा रस छैनन
बन्दिबृक्षहरु अझै झयाङ्गिएका छन
हिजोको भद्रगोल जेल जस्तो भएको छ
यो सिङ्गो शहर,
छापामार उभिए झैं लाग्ने त्यो चन्द्रागिरी
आज चन्द्रागिरी जस्तो छैन
शहरको कालो धनको निगरानी गरिएको चन्द्रागिरी
आज आफै लुटिरहेछ
ठुला ठुला बिजुलि बसहरु बोकेर
पैसाको ब्यापार गरिरहेछ चन्द्रागिरी
न कुनै रङ्ग छ न कुनै भाब छ
हो आज चन्द्रागिरी चन्द्रागिरी जस्तो छैन
प्रिय् कृष्ण सेन।
भाबबिहोर हुन्छु मर्माहित हुन्छु
भित्रभित्रै रुन्छु सम्झन्छु तिमिलाइ
तिमी भैदिएको भए
आज यो सत्ता डुडो हुन्थ्यो होला
तिम्रो कविताका रागले सुक्थेहोलान
अन्याय र बिभेदहरु
आज मैले जबर्जस्त गर्नुपर्थेन होला
यो कबिता माथी करणि
प्रिय् कृष्ण सेन
दशकौंपछि पनि मैले
तिमिले देखेकै सपना देख्नु
तिमिले लेखेकै शब्द लेख्नु
यो कुनै संयोग होइन
सायद यो इतिहासको बिडम्बना हो
पातकी शासकहरुले तिम्रो कलम खोसेपछी
कसैले समाएन त्यो कलम
तिमी चिर निन्द्रामा पुगेपछि
कसैले देखेन त्यो सपना
प्रिय् कृष्ण सेन
तिमिले लेख्दा लेख्दै बांकी रहेका
ती हरफहरुमा म खोजिरहेछु
कुन सब्द जोडुं कुन रङ्ग जोडु?
एक न एक दिन सुन्दर गुराँस फुलाउने तिम्रो सपना
मान्छे मान्छे भएर बाच्ने तिम्रो सपना
हामी त्यसै सुक्न दिन्नौ प्रिय् कृष्ण सेन
महेन्द्रपुलिस क्लब भित्र पोखिएको
कण कण रगतको हिसाब हामी माग्नेछौ
जल्दहरु सगं
तिमिले समाएको कलम समाउने छौ
अझ दर्हो गरि
तिमिले उठाएको झण्डा अझ उंचो बनाउने छौं
सुन्दर संसार निर्माण गर्ने हाम्रो सङकल्पको यात्रा
अनबरत जारी रहने छ।