कमरेड संसारसेन पृथक रहनुभएन

लक्ष्मण चौलागाईं विद्रोही

आदरणीय कमरेड सन्सारसेन पृथकज्युसंग हिजो र अस्ति लगातार संवादमा रहें । उहाँ जाजरकोटको घटना देखि अत्यन्तै विरक्तिनुभएको थियो । लामो संवाद भएको थियो कमरेड संग मेरो मेसेन्जरमा । अलिक व्यस्त भएको बताउनुभएको थियो । आक्कल झुक्कल अनलाइन आउदा मेसेज गर्नुहुन्थ्यो। मेरो मेसेज जो आफ्नो ज्यानको ख्याल गर्नुहोस है कमरेड, जीवन रहे बाकी लडाई लड्दै गरौंला । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस भनेर मैले उहालाई लेखेको मेसेज नै अन्तिम मेसेज र उहाको धन्यवाद नै अन्तिम हुन पुगेछ ।

हिजो राती नै कमरेडले संसार छाडिसक्नुभएको रहेछ । प्रवासमा पसिना बेच्दै एक छोरीको भविष्य बनाउन र आफ्नो जीवन साथी प्रतिज्ञा चौलागाईंको सपना सजाउन प्रवासिनुभएको आदरणीय कमरेड आज यो लोकमा रहनुभएन। घटना के कस्तो हो ? त्यो आधिकारिक पुष्टि हुन पाएको छैन । हिजोसम्म तगडा र हट्टाकट्टा नै हुनुहुन्थ्यो कमरेड पृथक बिहान उठ्दा उहाको भौतिक शरीर मात्रै थियो अरे त्यहाँ तर उहाको जीवन समाप्त भैसकेको दु:खद घटनाले मर्माहत, नि:शब्द र स्तब्ध भएं । महान जनयुद्ध लडेर देश र जनताको सुदिन ल्याउन युद्ध मोर्चामा होमिएका उनै योद्धा आज हामीमाझ रहनुभएन भन्दा विश्वास लागिरहेको छैन । यो घटना झुटो होस हे भगवान भन्दै कामना गरिरहेको छु ।

तर निष्ठुरी दैवले यादमा मात्रै जिवित र जिवन्त बनाई चुडेर लगिसकेछ हाम्रो आदरणीय कमरेड संसारसेन पृथकज्युलाई । बहिनी प्रतिज्ञा धैर्य धारण गर्ने क्षमताको प्रादुर्भाव हओस । मुटु चुँडिएको झै भएको छ, एउटा चम्किलो तारा निभ्दा संसार एकाएक अन्धकार भएको महशुस भएको छ। मृत आत्माको चिर शान्तिको कामना गर्दछु । उहाले लेख्नुभएको अन्तिम आलेख हामी सबैको लागि अन्तिम आलेख र प्रेरणा भएछ । अलविदा आदरणीय कमरेड ! नि:शब्द/स्तब्ध र मर्माहत छु ! !

You can share this post!