जाजरकाेट घटनाका दाेषीलाइ कार्वाही गर्न दलित शसक्तिकरण तथा विकास केन्द्र अछामकाे चेतावनी

यहि जेठ 10 गते शनिवार पश्चिम रुकुमको चोरझारी नगरपालिका – 8 सोति निवासी सुष्मा मल्ल र भेरिगगां नगरपालिका – 4 रानागाउ जाजरकोटका नवराज बिक को लामो समयको प्रेम सम्बन्ध पछी प्रेमिका कै सहमति मा विबाह का लागी साथिहरु सहित केटी लिनजादां केटी पक्षका मान्छेहरुले केटा पक्षका मान्छेहरुलाई जातिएकै कारण लखेटी लखेटी निर्मम तरिकाले सामुहिक हत्य गरि भेरी नदिमा बगाएको घटन बाहिर आएको छ ।

आजको युगमा समेत जातियताको कारण दलित को ज्यान लिने क्रम रोकिएको छैन । यस कुर र सामुहिक हत्या प्रति यस संस्थाको तर्फ घोर घोर भत्सर्ना गर्दछौ । कथित उच्च जातिय अहंकारबाट प्रेरित यस बीभत्स घटनामा मारिएका नवराज बिक, टिकाराम सुनार, र गणेश बुढामगरको लास भेरि नदिमा भेटिएको छ भने 3 जना अझै बेपत्ता छन, केहि युवाहरु घाईते भई उपचाररत छन । मृतकहरु प्रति भावपूर्ण श्रद्धांजलि ब्यक्त गर्दछौ साथै घाईतेहरुको स्वाथ्य लाभको कामना गर्दछौ । शोकाकुल परिवारजनहरुमा गहिरो समबेदना प्रकट गर्दछौं ।

यस अपराधीक घटनाको सत्य तथ्य छानबीन गरि दोषीलाई हदै सम्मको कार्यवाही र पिडित लाई न्याय दिलाउन उच्च स्तरीय छानबीन समिति गठन गरि तुरन्तै स्थलगत अनुसन्धान गर्न सरकार सग जोडदार माग गर्दछौ । राजनीति आवरणमा जातिय छुवाछुतका घटनाहरु प्रभावित पारिने बिगतको गलत नजिरलाई दोहोरिन समेत नदिन समेत बिशेष अपिल गर्दछौ । बर्बर युगको झझल्को देखाएको यस घटनाले सङघिय लोकतान्तिक गणतंत्रात्म राज्यको ठाडो खिल्लि उडाएको छ । मुलुकमा कानुनि रुपले जातिय छुवाछुतलाई बर्जित गरिएको छ । तर ब्यबाहरतमा दलित स्वतन्त्रता र मुक्तिको सवाल अझै पेचिलो बनिरहेको छ । सयौ बर्षदेखी उत्पिडनको सिकार हुदै आएको दलित समुदायको पक्षमा राज्य गम्भीर बन्न नसक्दा र जातिय बिभेदको घटनाहरुमा सत्ता, शक्ति र राजनीति को आडमा दोषिहरु उम्किने गरेकाले हाल आएर यस्तो अकल्पनीय पासबिक र जघन्य घटना घटेको छ । तसर्थ ब्यावहारिक रुपमै जातिय बिभेद निर्मुल गर्न राज्य ले कडा निति लिनुपर्ने र त्यस्को लागी सम्पुर्ण सचेत नागरिकहरु बिशेष गरि दलित नेता तथा अगुवाहरु सामाजिक अभियान्ताहरु एकजुट भई समानता, न्याय र सामाजिक रुपान्तरण का लागी सङघर्ष गर्नुपर्ने कुरामा बिशेष जोड दिन चाहान्छौ ।

You can share this post!