अमानविय घटनाका दाेषीलाइ कार्वाही गर्न युवा संगठन रूकुम पश्चिमकाे चेतावनी

आदरणीय जनसमुदाय !

रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं – ८ सोतिमा गत शनिवार दुई जनाको ज्यान जानेगरी,  चार जना वेपत्ता हुनेगरी र करिब १३ जना हताहत हुनेगरी भएको घटनाले युवा संगठन नेपाल रुकुम (पश्चिम) को ध्यानाकर्षण भएको छ । सर्वप्रथम ! मृतक जाजरकोट जिल्ला भेरी नगरपालिका – ४ राणागाउँ का नवराज बि.क र चौरजहारी नगरपालिका वडा नं – १ का टिकाराम बि. क. प्रती श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

घटनाको खास कारण र जिम्मेवारि त अनुसन्धान प्रकृया पछि मात्रै बाहिर आउला, तर हाल सम्म प्राप्त तथ्य र समाचारहरु अन्तरजातीय प्रेम सम्बन्ध र विवाह का कारण झडप हुन पुगेको र सो घटना घटेको भन्ने धारणा बनाउन मद्दत गर्दछन । एक्काइसौं सताब्दीमा बर्गिय, जातिय, लिङ्गिय सबै उत्पिडन र बिभेदका बिरुद्द दशौँ बर्ष जनयुद्दमा होमियको भुमी रुकुममा यस्तो निन्दनिय घटना घटनु आम रुकुमेलिजनका लागि लज्जाको बिषय हो ।

र मानव सभ्यता र विद्वतालाइ चुनौती पनि हो । यो घटनाले राज्यको छुवाछुत मुक्त वडा, नगर र जिल्ला घोषणाको कार्यक्रम कति पाखण्ड्याइ र भ्रष्टाचारको पराकाष्ठा थियो भन्ने तथ्य उजागर गरिदिएको छ । दलित मुक्ती आन्दोलन र सबै किसिमका मुक्ती आन्दोलनको सान्दर्भिकता अनि आवश्यकता अझ बढेर गएको कुरा एकपटक फेरि स्थापित भएको छ । तसर्थ जातिय छुवाछूत र भेदभाव बिरुद्दको अगुवाइ गर्न दलित मुक्ती संगठनहरुमा र सहयोग गर्न आम जनसमुदायहरुमा हाम्रो संगठन आह्वान गर्दछ ।

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टिले घटनाबारे दु:ख र आपत्ती प्रकट गर्दै छानबिन समिती समेत बनाइ घटनाको सूक्ष्म अनुसन्धान गर्दै सत्य तथ्य उजागर गर्ने प्रतिवद्दता समेत ब्यक्त गरिसकेको छ । साथै नेपाल प्रहरिले पनि घटनामा संलग्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको समाचार आएकाछ्न । युवा संगठन नेपाल घटनाको छानबिन र अनुसन्धानमा राजनितिक पहुँच अन्य मोलमोलाइ लाई कुनै स्थान नदिइ निस्पक्ष र भरोसा योग्य गर्नका साथै दोषिलाई हदै सम्मको कार्वाही गर्न नेपाल कम्युनिस्ट पार्टी र नेपाल प्रहरी सामु हाम्रो संगठन जोडदार माग गर्दछ । साथै घटनाको अनुसंन्धानमा सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्दै घटना र अनुसंधान तोडमोड गरिय कानुन भन्दा माथी उठेर पहलकदमी संगठनको हातमा लिने चेतावनी पनि दिन चहान्छ ।

लय सहानी अध्यक्ष

You can share this post!