[ कानप्रेमी ]

बि पि बिद्रोही
***********;
छिमेकिले
हाकाहाकी ह्याकुल्लो खायो
ओल्टाइपल्टाइ लाप्सा लुछ्यो
दात उदाउदै गर्दन चपायो
सासै नफेरी निल्यो
फोक्सो,कलेजो र फियो
मेरो देशको !
चुपचाप टोलाइरह्यो शासक
जब कान चपाउन थालेपछी छिमेकिले
जुरुक्क उठ्यो र बोल्यो शासक
त्यो कान मेरो हो !

उ कानप्रेमी हो

खसी होस या राँगा वा किन नहोस देश
मेरो देशको शासकलाइ कान मनपर्छ
पुर्बेली खसिको लामो कान होस या
पश्चिम कालापानीको कान होस ?
रातृभोजको कप्टेल पाटी होस या
रास्टबादि मादकको सितन किन नहोस
कानकै सुकुटी चाहिन्छ
कानकै छोएला चाहिन्छ
सत्तामा चडन होस, या सत्ता टिकाउन
मेरो देशको शासकलाइ कान चाहिन्छ।

छिमेकीले सुस्ता लुछेको होइन
मेरो देशको शासकको कायरता लुछेको हो
मर्चरी चपाएको होइन
मेरो देशको शाशकको गिदि चपाएको हो

पुनः एउटा भ्रमको रङगिन पर्दा हालिएको छ
मेरो देशको स्वाभिमानको दैलोमा !
तपाईलाई लाग्ला अब देश ठूलो हुनेछ
होइन दाजु होइन भाइ
होइन दिदि होइन बहिनि
नक्सामा कालापानीको कान देखाएर
सिङ्गो शरीर बेचिएको छ मेरो देशको
त्यसैले देशभन्दा ठूलो अब
शासकको सत्ता हुनेछ
फोस्रो रास्टबाद हुनेछ ।

आउनुहोस् एकपटक लडौ
रास्टिएता बचाउन
सिङ्गो देश बनाउन
हामिलाइ कान होइन
सिङ्गो स्वाभिमान चाहिएको छ ।

You can share this post!