खै कहाँ आयो गणतन्त्र ?

– लक्ष्मण चौलागाईं विद्रोही

आज गणतन्त्र आएको नेपाल

प्रजातन्त्रको जति पनि रौनकता देखिदैन !

आजको गणतन्त्र

इले थामी र वीरे थामीका सन्ततीलाई

आएको देखिन्न !!

हो,

आज गणतन्त्र,

गोलीले छेडेर अङ्गभंग भएका

योद्दाहरुलाई आएको छैन !

आज गणतन्त्र,

राणा र शाहले बनाएका जेलमा थुनिएका

कम्युनिस्ट योद्धाहरुलाई आएको छैन !!

हजारौंहजारको रगत बगाएर,

लाखौको घरवास उठाएर,

कयन लालाबालाको जिन्दगी उजाड बनाई,

ओतहरु खोसिदिएर, सिउदोहरु पुछिदिएर,

अनि

बृद्दका लठ्ठि भाचिदिएर,

आएको यो गणतन्त्र !

आज ओत खोसिने,

सिउदो पुछिने र गोलीले अंगभंग भएकाहरुलाई

आयो र ?

 वैरिका घरमा, सामन्तीको भोज

गरिबका घरमा साहुहरुको पोज !

wow आज गणतन्त्र आएको छ र ?

कृष्ण सेन इच्छुक एक

क्रान्तिकारी साहित्यिक श्रष्टा,

आकाशको तारापुन्जको माझ

चम्किएका तारा,

आज भौतिक रुपमा यो गणतन्त्रको

माझ थिए भने….

माइतिघर मन्डला बाट

बादल सरकारको प्रहरीले खेदेका

घाइतेहरुका कविता संग्रह छाप्थे होलान

यदि भौतिक रूपमा त्यो रक्तिम कलम आज

जिवितै थियो भने,

निर्मला पन्त र मदन आश्रीतका

न्यायका निम्ति गजलका संग्रह

गीतहरुका संगाला हामीले हाम्रा अंगाला भरी

बोकि नसक्नु,

लुट्को स्वर्गको विरुद्द इच्छुक पनि

केही थान पुस्तकहरु लेख्ने थिए होला !

आज यस्तो गणतन्त्र आएको छ

हामीले के अपेक्षा गर्नु ?

आज पन्च्यायतको प्रजातन्त्र भन्दा

तल्लो स्तरको कुशासनको राज्य चलिरहदा  

उनै महान सहिदहरुको याद आउँछ

तिनै बेपत्ता योद्दाहरुको याद आउँछ,

आफ्नै मुलुक बिरानो झैं निरीह जनताको

बेवारिसे लास देख्दा याद आउँछ,

अरे यो गणतन्त्र आयो कहाँ …

तर

गणतन्त्र कसको लागि आयो ?

खै कहाँ कसरी बसेको छ गणतन्त्र ?

हेर्नू मन लाग्यो देख्नु मन लाग्यो !

च्यात्तिएको बालुवाटारको भूमीले न्याय पाएन !

लुछिएको सिंहदरबारको भूमीले न्याय पाएन !

बेचिएको महाकाली र टनकपुरको नामै आएन !

यसरी चुडिएका छन नेपाल आमाका मुटुहरु !!

बलियो बन्दै सुन तस्कर र बलात्कारीका गिरोहहरु !

अनि बाबुसाहेब बन्दै भ्रष्टाचारी र लुटेरा !!

न्याय नेता र राजनितिको छोरालाई,

आज बेवारिसे आत्मा छट्पटीदैछ

त्यो अवोध बालक…

१४ वर्षीय गणेश दाहालको

त्यहा पनि त प्रहरी र अनुसन्धान थियो होला नि !

जहाँ हत्याले वर्ष गुजार्दा पनि

हत्यारा नुवाकोटको पहाडको

कुन ढुंगा मुनि लुकेको छ !

निर्मला पन्तको बलात्कारी झै

गणेश दाहालको हत्यारा गायब भयो !

त्यहा गणतन्त्र दिवस आज जहाँ

रातो किताब भित्र लेखिएका

उपलव्धी जनता प्रधान बन्न सकेन !

न्याय मारेर कहाँ लुक्यो गणतन्त्र !!

खै मैले त देख्दै देखिन देख्दै देखिन !

गणतन्त्रको आगनमा महान सहिद,

बेपत्ताहरुलाई समर्पण गर्दै घाइते

र बेवास्ताका सिमाभित्र बेखबर

सम्पूर्ण योद्धाहरुलाई

उच्च सम्मानका साथ गणतन्त्रको

यो चित्कार ब्यक्त गर्न चाहन्छु

You can share this post!