कोरोना परिक्षण सुस्त: किसानका समस्या जस्ताका त्यस्तै, अध्यक्ष भक्त ठकुल्ला

रेडियो प्रदेश सेभेनका अध्यक्ष तथा समाजसेवी भक्त ठकुल्लाले सिमा बिबाद अहिलेको नभई परापूर्ब समय देखिकै भएको बताए । रेडियो प्रदेश सेभेनको प्रदेश बिशेषमा बोल्दै उनले भारतले नेपालको भु भाग हस्तक्षेप निती अंगाल्दै आएको हो उनले भने । काठ्मान्डौमा बस्नेलाई सिमा बिबादको बिषयमा थाहा नहुने तर्क दिदै सीमा बिबादको समस्या जहाँ बिबाद हुन्छ त्यहाका नागरीकले मात्र प्रत्यक्ष भोग्नु परेको बताए ।

भारतले पहिले देखी नै सकंटको मौका छोपि अतिक्रमण गर्ने गरेको उनको भनाई छ । उनले आफ्नो सिमा जोगााउन सबै मिलेर लाग्नुपर्ने र आफ्नो राष्ट्र प्रतिको स्वाभीमान कायम राख्नुपर्ने बताए। कोरोना माहामारीको बिषयमा बोल्दै उनले कोरोना नियन्त्रका लागी सरकारले गरेको कार्यमा लकडाउन मात्र गरेको लकडाउन पनि प्रभावकारी नभएको र बाकी सम्पुर्ण कार्यहरु सुस्त रहेको उनले दाबि गरे।कोरोना नियन्त्रणमा सरकारले एकदमै लापरबाहि गरेको उनको आरोपे छ ।

उनल स्वास्थ्य सामाग्री खरीदमा गरीएका अनियमीतताको छानबीनमा पनी सरकारले लापरबाहि गरेको बताए । सरकारले कोरोना परीक्षणको दायरा एकदमै सुस्त पारेकाले नेपालमा कोरोना अझै भयाबह रुपमा फैलन सक्ने उनको बिस्लेषण छ । सरकारले हाल ल्याएको निती तथा कार्यक्रममको बारेमा बोल्दै उनले कोरोना माहामारीका कारण लाखाँै यूवाहरु स्वदेश भीत्रीएकाले देशमा भोकमरीको अवस्था र्सिजना हुन सक्ने बताए।

उनले सरकारको निती तथा कार्यक्रम क्षणीक भरको लागी मात्र रहेको उनले बताए। उनले   सरकारले कोरोना माहामारीबाट उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गर्ने गरी अहिलेको निति तथा कार्यक्रम नआएकोले यो निति तथा कार्यक्रम उपयुक्त नभएको बताउनुभयो । अबको बजेट कारोना नियन्त्रण,कृषि र उत्पादन क्षेत्रमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । 
यो समय अन्न बालि लगाउने भएकोले किसानले बिउ,मल लगाएतका सामानहरु नपाईरहेको बेलामा सरकारले समयमा नै उपलब्ध गराउनु पर्ने,कृषि सामाग्रीमा अनुदान, कृषको बिमा,अन्न बालिको बिमा र अन्नबलिको भण्डारणको उपचित ब्यबस्था हुनुपर्ने उनले बताए।

आफू रेडियो प्रदेश सेभेनका अध्यक्ष समेत रहेकोले आगामी दिनमा पक्ष बिपक्ष नभनी आवाज बिहिनहरुको आवाजलाई रेडियोले प्राथमिकतामा राख्ने र रेडियोको व्यवस्थापनको लागि तेघरी आर्मी ब्यारेक नजिक रेडियोको आफ्नै भवनको निर्माण कार्य भैरहेकको र आगामी दिनहरुमा रेडियो जनताको सेवामा तल्लिन भएर  अगाडी बड्ने उनले दाबि गरे । 

You can share this post!