नेकपा युवा नेता मल्ल द्धारा ऐन महरको अभव्यिक्तिको खण्डन

नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा धाैलागिरी ब्युराे इन्चार्च भाष्कर मल्लले एेन महरकाे अभिव्यक्तिकाे खण्डन गरेका छन । सरकारी नेकपा निकट अनेरास्ववियुका केन्द्रिय अधक्ष एेन महरले नेपाल कम्युनिष्ट पार्टी र त्यसकाे नेतृत्व विप्लवलाइ लक्षित गरि गैर राजनैतिक तर्क गरेकाे हुँदा त्यसकाे ठाडाे खण्डन गरेका हुन । मल्लकाे अाम जनसमुदायलाइ अपिल सँगै एेन महरकाे अभिव्यक्तिलाइ गरेकाे खण्डनकाे बिस्तृत अंश जस्ताकाे तस्तै

अादरणिय श्रमजीवी तथा न्याय प्रेमि जनसमुदाय

हाम्रो पार्टीको नेर्तित्वमा राष्ट्रियता, जनतन्त्र जनजिविकाको पक्षमा बैज्ञानिक समाजबादि क्राति निरन्तर अगाडि बढिरहेको छ । यो भिसण र पेचिलो संघर्ष पुजिपति वर्ग र सर्वहारा वर्गको बिचको दुई विश्वदृष्टिकोणको लडाइँ हो । यो लडाइँमा सामाजिक फासिबादि अ‍ोलि प्रचण्ड मण्डलिको सरकारले दमनका सबै हर्कत गरेको तपाईंहरूलाई जगजाहेर छ ।


एकीकृत जनक्रान्ति प्रति केपि सरकार र सरकारी नेकपा निर्मम भएर अाउछ भन्ने पनि हामी स्पष्ट थियौ र छौ पनि नाममा कम्युनिस्ट पार्टी भनिए पनि यो दलाल पुँजीपति वर्गको संरक्षक एवम् सञ्चालक हो भनेर हामीले पहिले नै भन्दै अाएको थियौं र अाज त्यो प्रमाणित भएको छ । यो दलाल सत्ताबाट असीमित सुविधा भोग गरिरहेका कारण केपि सरकार र उसको पार्टीले जनक्रान्तिलाई अाफ्नो भविष्यको मुख्य खतराका रुपमा बुझेको छ ।

महान जनयुद्धलाई विसर्जन गरिसकेपछि क्रान्तिलाई नै अाफ्नो मुख्य चुनौती ठान्ने प्रचण्ड र उनका वरिपरिका मान्छेहरूको नकारात्मक भुमिका ले झन यसलाई पेचिलो बनाएको भन्नेमा पनि हामी स्पष्ट छौ । म सबै देश भक्त नेपालि श्रमजीवी जनतालाई भन्न चाहान्छु कि हाम्रोपार्टीको स्पष्ट निति छ कि नेपाल मा दलाल पुजीवादी संसदीय व्यवस्था लाई खरानी बनाएर जनताको सुनौलो वैज्ञानिक समाज वाद निर्माण गर्ने । र हाम्रो बाटोमा जो अबरोध गर्न अाउछ त्यसलाई खरानी बनाएर अगाडि बढ्ने ।

हो केपी सरकारल र कथित डबल नेकपा र उसका कथित भातृ संगठनका नेता कार्यकर्ताले हाम्रो पार्टी र क्रान्तिका विरुद्ध प्रतिबन्ध लगाए देखि नै जनतामा भ्रम छर्ने र दबाब दिने निति प्रयोग गरेको थियो । उसले पार्टी र जनता बिचको सम्बन्धलाई टुटाउन भ्रमपुर्ण प्रचारलाई खुब प्रयोग गर्यो र अहिले पनि निरन्तर गरिरहेकाे छ त्यति मात्रै होइन यो कथित डबल नेकपा यौन काण्ड, बालुवाटार जग्गा काण्ड, सुन काण्ड, वाइड वडि काण्ड, होलि वाइन काण्ड ncll काण्ड, 70 करोड भ्रष्टाचार काण्डमा मुछिएका र महाकाली नदि बेचेका मान्छे र बिदेशी दलाल का एजेन्ड अनि गुण्डाहरु मिलेर बनेको पार्टी हो ।

भनिन्छ नि पागल ले अरुलाई पनि पागल देख्छ भनेर त्यस्तै अाज मात्रै कथित अनेरास्ववियुकाे टिके संयोजक समाजको कलङ्क ऐन महर ले जुन हाम्रो पार्टीलाई राष्ट्र बिरोधि हो भनेर घिन लाग्दो र सचेत जनताले पत्याउनै नसक्ने अारोप लगाएको छ यसबाट थाहा हुन्छ कि उसको राजनीति हैसियत र चेतना कति छ भनेर त्यसैले यस्ता समाजका भाइरस लाई जहा देख्यो त्यही तह लगाउन म सचेत श्रमजीवी युवाहरुलाई अाग्रह गर्दछु ।


भाष्कर मल्ल
युवा संगठन नेपाल
केन्द्रीय समिति सदस्य एवम् धौलागिरी ब्युरो इञ्चार्ज

You can share this post!