म यो देशमा एउटा मान्छे खोजि रहेछु

वसन्त चन्द (दिवाकर)

समय कम छ, जिन्दगी हतारमा छ, गर्न बाकी धेरै छ । यसको बिचमा पनि वैज्ञानिक समाजवाद-साम्यवाद मानवजातिलाई बर्गविहिन, जातिविहिन, राष्ट्रविहिन, धर्मविहीन, स्वतन्त्र, समान, शान्त, वैज्ञानिक र समृद्ध दुनियाँमा पुर्याउनको लागि हरपल हरबखत सोचिरहने जो क्रान्तिकारी एक योद्धाको खोजिमा छु म ।जनताको संघर्षले समाजलाई रुपान्तरणको नजिक पुर्याउँदा नेतृत्वले आत्मसमर्पण गर्ने प्रवृति विश्वका अन्य मुलुकहरुमा झैँ नेपालमा पनि देखापर्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्न साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरु सफल भए । श्रमिकवर्ग, मजदुरवर्ग, किसानवर्ग, र समाजमा विभिन्न ढंगबाट शोसन दमनमा परेर बर्बाद भएका सर्वहारावर्गको हित चहाने साहासि ब्यक्तिको आवश्कता खड्कि रहेको छ ।

 नेपालमा नयाँ जनवादी क्रान्ति तथा वैज्ञानिक समाजवादको स्थापनाबिना तथा जनताका सम्पूर्ण अधिकारहरु पुर्ण रुपले स्थापित नगरिकन देशले न स्वाधीनता प्राप्त गर्न सक्नेछ न देश भित्र विद्यमान राजनीतिक तथा आर्थिक समस्याहरुको समाधान हुन्छ ! यसर्थ नेपालमा फेरि क्रान्तिको सुनामी आउन जरुरी छ ।

गरिब जनता आज एक मुठ्ठी गासँको लागि मरिहत्ते गरिरहदा पनि देशको कम्युनिस्ट सरकार दुइतिहाइको दम्ब गर्ने सरकार अन्धो भएको छ । जब सम्म जनताले गासँ, बासँ, कपासको ग्यारेन्टी पाउदैनन् तबसम्म क्रान्तिको झन्डा उठाउने ब्यक्ति र ब्यबस्थाको खाचो छ । आज जसरी क्रान्तिकारी संघर्षको प्रक्रियामा ब्यबस्था फेरिए पछि सायद त्यो भित्रका कामकारबाही पनि फेरिन्छन यसर्थ देशमा भएको दोयित चरित्रको शिक्षा प्रणालि पनि फेरिनु पर्दछ ।

आज गरिबवर्गले पाउने शिक्षा एउटा छ भने धनिवर्गले पाउने अर्को छ देशमा वैज्ञानिक शिक्षाको आवश्कता छ । यतिबेला शिक्षामा भएको अस्तब्यस्त अबस्थालाई पनि तत्काल समाधान गर्नुपर्दछ । जनता, क्रान्ति, देशप्रती प्रतीबद्व नेताकार्यकर्ताको पंक्ति तयार हुदै गएको छ, जनताको मुक्तिका लागि कठिनाइहरुको सामना गर्ने क्रान्तिकारी प्रवृतिको बिकास हुदै गएको छ सायद यो नेपाल र नेपाली जनताको लागि उज्यालो भबिष्यको संकेत हो ।

हजार भेटिन्छन भेटिनत यहाँ बोल्नेहरु तर मुख मात्र खोल्नु र दिल खोलेर बोल्नु मा केही अन्तर हुन्छ पक्कै पनि ! यो सरकारको हुति त देखिसेको छ, के बाकि छ र भ्रष्टाचार, बलत्कार, हत्या, हिन्सा, दलालि, तस्करी, चोरफटा, गुण्डागर्दि यहि सरकारबाट भैरहेको छ भने यसको ढाकछोप पनि यहि सरकारबाट केही समय यता देशको सिमा स्थित लिपुलेख तथा लिम्पियाधुरा भातरले मिचिरहेको छ भने यमसिसि पारितको पनि हल्ला चलिरहेको छ, विश्व मानवजातिलाई धोस्त पार्ने गरि आएको कोराना भाइरस यतिबेला नेपालमा पनि दिनप्रतिदिन बढ्दै छ सरकार मौनतामा हराएको छ ।

यसर्थ आज सम्म सत्तामा पुगेका पार्टी र सरकारका कामकारबाहीबाट स्पष्ट भइसकेकोछ कि सरकार देश र जनताको हित बिपरित छ । दलाल संसदीय ब्यबस्थाको अन्त्य गरि जनताको जनवादी ब्यबस्था बैज्ञानिक समाजवादि ब्यबस्था ल्याउ खोजि रहने मान्छे जो हजारौं चुनौति, संघर्ष र लक्ष्यसगँ कहिल्यै नहारेको एउटा साहासि योद्धा क. विप्लव को खोजिमा छु म ।

लेखक अखिल क्रान्तिकारी रूकुम पश्चिमका जिल्ला उपाध्यक्ष हुन

You can share this post!