वाग्मती सरसफाइ महाअभियान एक अनुभव

प्रिया लामिछाने



आज भन्दा सात बर्ष अगाडी अर्थात २०७० जेष्ठ ५ गतेका दिन नेपालको नदिनालाहरु सफा राख्नु पर्छ । नदि वरपरमा रहेका अनाबस्यक बस्तिहरु लाई सम्बन्धित ठाउँमा सार्दै बागमती खोला संगैका नदि लानाहरु सफा गर्दै बागमती किनारमा सानातिना बगैचा निर्माण गर्दै लैजानु बागमती नदिको ढललाई पुण रुपमा हटाई नदि सफा बनाउनु पर्छ भन्ने उदेश्यले शुरु गरिएको नाम थियो “बागमती सफाई महाअभियान ।।”


शुरुवाती समयमा नेपाल सरकारका पुर्व तत्काललि मुख्य सचिव श्रि लीलामणि पौडेल ज्यू को मुख्य संयोजकत्वमा सफाई शुरु गरिएको यस महाअभियानले मृत्य रुप लिदैगयो । जस्को सकारात्मक सन्देश स्वरुप नेपालका सयौ क्षेत्रहरूका , जिल्लाहरुमा सफाई महाअभियान चल्दै आईरहेका छन् ।। बागमती सफा गर्दैगर्दा खोलामा पसेर नदी सफा हुन्छ ? प्लाष्टिक टिपेर नदि सफा हुन्छ  ? दुईचार जना भेलाहुदैमा फोहोरलाई ब्यवस्थापन कसरी गर्न सकिन्छ? भन्दै नाजायज हल्लाहरु चारैतिरबाट फैलाउन थाले ।

जुन एरियामा सफाई हुदै गर्दथ्यो त्यसै एरियामा वरपर बस्ने समुदायका मान्छेहरुले खोलाको डिलडिलमा बसेर रमिता हेर्थे भने सफाई अभियता हरु बागमती नदिको खोलाभित्र पुगेर मानिसहरूले फालेको गु समेत लज्जाबोध नमानि खोलाभित्रै बाट सफाई अभियताहरुको सामुहिक साङ्लो बनाएर फोहोर को पोकालाई बाहिर निकाल्दै निकालेर सम्बन्धित ठाउँमा लैजानको लागि एकजुट भैई कोहि फोहोरको गाडिमा पुगेर ब्यबस्थापन गर्थे त कोई सामुहिक साङ्लो बनाउदै हातैहात बाट गाडीसम्म पुरयाउथे हरेक सफाई महाअभियान शुरु गर्नु भन्दा अगाडि नेपालको राष्ट्रिय गान संगै सफाई नारा लगाएर शुरुवात गरिन्थ्यो त सफाई पछि पुन उर्जाशील राष्ट्र झल्किने गतिमा सबै रमाउँदै नाच्दै पुन सफाई नारासहित अर्को हप्ताको सफाई घोषणा गरि बिदा हुन्थ्यौ ।


यस्तो महान सकारात्मक बिचारमा सहभागिता जनाउन हजारौ ठाउँबाट अभियन्ताहरु भेला हुने गर्दथे । कोही डाक्टर । कोही ईन्जिनियर, कोही बैज्ञानिक बिशेषज्ञ, कोई आरमि पुलिस,समाज सेवी, उच्च ओहोदाका बिशिष्ट बेक्ती हरु को लामबद्ध उपस्थित हुने गरथ्यो । जो बेक्ती सफाइमा आउदैन उसैले हामीहरुलाई घृणाको दृष्टिले हेर्थे तर सफाई अभियता हरु भने मुस्कान युक्त अनुहार लियर सफाईमा जुटिरहन्थे । हाम्रो अभियान चलिरहेको समयमा मानिसहरुको सोच्ने तरिका फोहोर फाल्ने तरिका र सरकारको तर्फबाट सफाई सम्बन्धि गर्ने काम कारवाही मा समेत परिवर्तन देखिँदै आउन थाले । सफाई महाअभियान चल्दैगर्दा नेपालका बिभिन्न महत्वपूर्ण चाडपर्व हरु आउँथे जान्थे तर सफाई महाअभियान रुकिदैनथयो । ति महत्वपूर्ण चाडपर्वहरु पनि नरोकिएको यो अभियान बास्तवमै नेपाल राष्ट्रलाई नै सफा गर्ने अभियान बन्दै आईरहेको छ ।



जब बागमती सफाई महाअभियान शुरु हुदै जान थाल्यो त्यसपछि सरकार र जिम्मेवारी निकायलाई थप हौसला प्रदान हुन थाल्यो जस्को परिणाम ढल निकास, ढल बेबस्थापन, सरकारि जग्गा अतिक्रमण रोकथाम, सुकुम्बासी को नाममा जग्गा अतिक्रमण, जथाभावी फोहोर फाल्ने प्रबृत्ति को निकास जस्ता काम कारवाही अगाडि बढनथाले । जुन कृयाकलाप हाम्रालागि सकारात्मक बन्दै जान थालेका थिए । बिस्तारै बिस्तारै शुरुका दिन,महिना,बर्षहरुमा फोहोर को मात्रै कम हुदै जान थाल्यो ।

गर घरमै फोहोर बेबस्थापन हुन थाले । प्रतेक पालिका नगरपालिका र वडा हरुमा जनचेतना अभिवृद्धि गर्ने गराउने कार्यक्रमहरुमा अभियताहरुले,खोलामा मात्रै नभयर घरदैलो कार्यक्रम गरि मिडियाहरुको सरोकारवाला निकायहरूको सहयोग र सहकार्य गर्दै मोटिभेट गर्दै हिडन थाले जस्को परिणाम आजको बागमती नदि र सहायक नदिनालाहरु र संगै हराभरा साना साना बगैंचा, हरियाली ठाउँ देख्न सक्छौ । बागमती सफाई महाअभियान मा जतिपनि स्वयम सेवकहरुको भुमिका देखिरहेको छ त्यतिनै मात्रामा सरकारले अझै कृयाशिलता देखाउन सकिरहेको छैन ।


तिब्र रुपमा ढल बेबस्थापन हुनुपर्ने त्यो आजको दिनसम्म हुन सकिरहेको छैन । हामि आफै स्वयम्ले फोहोरलाई घरमै बर्गिकरण गर्न सकिरहेका छैनौं । जथाभावी अझैपनी लुकिछिपी, यातायात बाट, घरको छतबाट, होस कि कतै नजिकैछेउछाउमा होस फोहोरको पोका फैलिरहेको देख्छौ । हामि मानबमा चेतना भयर पनि भैहाल्छ नि पैसा तिरेको छु लगिहाल्छन नि नत्र फोहोरको पैसा किन तिर्ने ? भन्दै अनाबस्यक रुपमा फोहोर उत्पन्न गरिरहेको देखिन्छ । आजको दिनसम्म सफाई महाअभियान चल्दै गर्दा आठौ बर्षमा प्रबेश गरेको छ खुशिको बिषयको रुपमा लिन चाहान्छु ।

बिगत केही महिना देखि बिश्वमा फैलिएको कोरोना भाईरस संक्रमणको कारणले नेपालमा पनि अस्त बेस्त ईस्थित बनाउदै गर्दा जनता स्वयम सचेत हुन । सचेत गराउन । भिडभाड । हुनबाट टाडैबसौ । भनि सरकारले आह्वान गरेको निर्देशनलाई हामि आभियनता हरुले अनुशासित भैई पुण नियमको पालना गरौ भनि सफाई महाअभियान मा जुट्न सकिरहेका छैनौं ।


आ-आफ्नो घर आँगन वरपर एक्लै गर्ने भनि सफाइको रुपलाई परिवर्तन गरि निरन्तर भैरहेको छ  यस्तो महान अभियान शुरुवात गराइदिनुहुने र निरन्तर सफाईमा जुटिरहनुभयका आदरणिय लिलामणि पौडेल(पुर्व नेपाल सरकारका तत्काललि मुख्य सचिव तथा चाईनाका लागि नेपालका राजदुत ) ज्यु लगायत सम्पूर्ण बिशिष्ट बेक्ती, संघ संस्थाहरु, नेपाल आर्मि, ससत्र, नेपाल प्रहरि, नेपाल ट्राफिक, सामाजिक समाजसेबी, पत्रकार लगायत सम्पूर्णमा हिर्दयपुण अभिवादन नमस्कार जय बागमती भन्न चाहान्छु ।


आज ७बर्ष पुरा गरि ८औ बर्षमा (आउने हफ्ता ३६७औ हप्तामा)प्रबेश गरेकोमा सम्पूर्ण सफाई अभियता ज्युहरुमा हार्दिक हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु । सफाई नारा :- जय बागमती । जय बागमती । जय बागमती । म मेरो बास स्थान र वरपर सफा राख्छु । बागमती नदीको स्वछता र पवित्रता कायम राख्न मन बचन र कर्मले निरन्तरत लाग्नेछु जय बागमती ३ पटक । हाम्रो अभियान जारी छ जारी छ  हाम्रो अभियान जारी छ जारी छ हाम्रो अभियान जारी छ जारी छ
जय बागमती

लेखिका वाग्मती सरसफाइ महाअभियानकि अभियान्ता हुन

You can share this post!