महान शहिद प्रज्वकाे नाममा बहिनीकाे मार्मिक पत्र

मेरो  प्यारो दाई


हजुरले हामीलाई छोडेर गएको पनि १ बर्ष भैसक्यो दाइ । हजुरको आत्माले सान्ती पावस । यो पापी दैबले हजुरलाई हामीबाट टाढा लगेपनी हजुरका याद हरु सदैव हाम्रा साथरहने छ्न । हजुरले सानैदेखि गाउँबाट शहर लियर आईस्यो र जिबनमा ठुलो मान्छे बन्नु पर्छ भनेर सिकाईस्यो ।सदैव राम्रो बाटो हिँड्न राम्रो काम गर्न सिकाइस्यो ।


हजुर हुँदा र हजुर नहुदा जिन्दगी निकै फरक छ दाई । हजुर हुँदा हामी खुशी थिएऔं तर अहिले खुशी भन्ने शब्दमा मात्रै छ दाई । पहिला केहिकुराको कमि थिएन तर अहिले सबै कुराको अभाव छ दाई । अब हजुर आईसिने आसापनी मरि सक्यो हजुर हुँदा म छदैछु तिमीहरूलाई केही हुनदिन्न भरेर सम्झाई बुझाई गरिसिन्थ्यो तर अहिले हजुरले हामीलाई छोडेर गएपछि हामीलाई सम्झाउने कोही छैन । साना बाट ठुलो बनाईस्यो केही नबुझ्ने थिएऔं बुज्ने बनाईस्यो सपना नभएका आखामा ।

ठुला सपना देखाएर हामीलाई बिचैमा छ्ट्कै गैइस्यो
यो पापी दैबले हजुर संगै हाम्रो दाइ भन्ने नाता सदाकालागी खोसेर लग्यो । यो साईनो नत किन्न नै मिल्छ नत फेरि जोड्न नै सकिन्छ । हाम्रो जिबनमा धेरै दाइ होइसिन्छ तर हजुर होइसिन्न दाई, एउटा् सानो घरमा ठूलो छोरा भएर सबैको खुसी बोकेर आखामा ठुलो सपना साझायर सबै जिम्मेवारी लिएर घर छोडेर हिडेको बेला सबै रोहेका थिए ।


आफुले पढेर हामीलाई पनि पढाउनका लागि यो बिरानो शहरमा ल्याईस्यो तर गन्तव्यमा न पुग्दै यो पापी दैबले हामिबाट खोस्यो । यति छिट्टै छोड्ने मन रहेछ तेसैले आफुलाई भन्दा धेरै माया हामीलाई गरिसिन्थ्यो र दुई दिनका लागि जिन्दगीमा खुसी देखाइस्यो । तर यो खुशी सदाकालागी हाम्रो भाग्यमा रहेनछ दाई
साना भाईलाई मुवा बुवा बाट हटाएर ल्याईस्यो यहाँ हुर्काईस्यो अहिले आएर टुहुरा जस्तै यो अन्जान शहरमा छोड्स्यो ।

मुवा बुवाको ठुलो साहारा हरु नै होइसिन्थ्यो तर जुनदीन हजुरले छोडेर गैस्यो त्यो दिन बाट हाम्रो सबै साहार बेसाहारामा पणिनत भयो दाई म बाचा गर्न चाहन्छु तपाईंको देश प्रतीको माया र हजारौं ती गरिब दुखीको सपनालाई साकार पार्न म निरन्तर तपाईंले देखाएको परिबर्तनको बाटमा निरन्तर लाग्ने बाचा पनि गर्न चाहन्छु । म मात्रै नभए हजारौं परिबर्तन कारी देश भक्त रास्ट्रप्रेमी नेपाली दाजुभाइ दिदी बैनी हरु निरन्तर परिबर्तन को खोजी गर्दै अहिले पनि जेलनेलमा हुनुहुन्छ एकीकृत जनक्रान्ती हुँदै बैज्ञानिक समाजवाद को यो महान अभियानमा मेरो पनि अतुलनीय भुमिका रहने छ  तपाई को सपना पूरा गर्न पर्तिबद्द छु दाई ।


दाई अझैपनि मोबाइल मा घण्टी बज्दा कतै दाईको फोन आयोकी भनेर हेर्ने गर्छु । तर बर्ष भैसक्यो हजुरको फुन आएन दाइ ।
म बेलुका आउछु भने गैस्यो दाइ तर यहाँ १ बर्ष भैसक्यो आईसिन्न दाई भाईहरु ले खोइ दाई भनेर खोजद्छ्न दाई म के जवाफ दिनु भाईहरुलाई हजुर कता होइसिन्छ दाई ।
हजुर नहुदाको यो जिन्दगी वैइलिएको फुन जस्तै भएको छ

हजुरमाथी दुश्मनको अँखा लायो दाई आफ्नै अगाडी रगतको खोला बगेको देख्न पर्यो ।


हजुरको रगत खेरजान् दिने छैन दाई त्यसको बदला जसरी पनि लिनेछु । देशको लागि बलिदान दिस्योदाई एति सानै उमेरमा आफ्नो जिबनको प्रबाह नगरी देश जनताको मुक्तिको लागि भएको बलिदानको उच्च कदर गर्दै तपाईंको अधुरो सपना लाई साकार पार्नेछु दाई । दाई हजुरलाई गुमाउनुको पिडा हामीलाई मात्रै थाहा छ दाई नत पार्टीलाई नत अन्य कुनै । किन कि हजुरको ठाँउमा अर्को ब्यक्ति बस्छ्न तर हाम्रो जिन्दगीमा चाहेर पनि हजुर आईसिन्न दाई । जसरी हामिसङ्ग खुशीरहने दाई लाई दैब तैले खोसेर लगिस त्यसरी नै मेरो दाईलाई सदै सुखी राखिदिनु ।



हामीले हजुरलाई नदेखे पनि हजुरले हामीलाई देखिसिन्छ होला माथीबाट भएपनी सधैं माया गरिराख्नु दाई ।
बिपनामा नभएपनि सपनामा आउनु है दाई…
पूरा जिन्दगीमा संगै नभएपनि थोरै समयको लागी भएपनि धेरै माया गरिसियो यो खुशी दैबले देख्न सकेन दाई ।
अब यो जन्ममा म चाहेर पनि भेट्न् सक्दिन दाई अर्को जन्ममा हाम्रो भेट अबस्य हुने छ !

 उनी हजुरकि प्यारी बैनी

कलसा साही

कलशा शाही शहिद कमरेड प्रज्वलकि बहिनि हुन

You can share this post!