झन उत्कर्षमा पुग्दै पलाता विवाद, लक्षमण वमका सहयोगीले दिए न्यौपानेलाई ज्यान मार्ने धम्कि

कालीकोट । गत बैसाख अन्तिम साता कालिकोटको पलाता गाउँपालिका अध्यक्ष लक्षमण ब’ममाथि भएको सांघातिक आ’क्र’मण भएपछि सत्तारुढ नेकपा कालिकोट भित्र अन्तरविरोध झन् चर्किदै गएको छ । विवादले उ’ग्र रुप लिदै जाँदा अहिले पलाताका स्थानिय नेता कार्यकर्ता एक अर्कालाई ज्यान मा’र्ने ध’म्कि दिने तहमा पुगेका छन्।

गाउँमा भएको सामान्य विवादपछि हा’नाहा’न हुँदा घा’इते भएका गाउँपालिका अध्यक्ष लक्षमण ब’मलाई हेलिकप्टर मार्फत उद्दार गरिएकाे थियो । हाल उनी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको संरक्षणमा रहेको बताएको छ । अहिले कर्णाली प्रदेशमा निकै चर्चामा रहेको उक्त घटना कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राजिानामा मागसम्म पुगेको छ ।

घटनापछि पलाँताका ग्रामिण वस्तीमा दिनहुँजसो गाउँपालिका अध्यक्ष र सत्तारुढ नेकपाका गाउँपालिका अध्यक्षका बिरुद्ध एक अर्काले नाराजुलुस गरेका छन् । त्यतिमात्र नभई उक्त घटानापछि सामाजिक सञ्जालमा पनि आरोप प्रत्यारोप हुन थालेको छ । दुवै पक्ष ज्यान मा’र्ने ध’म्कि दिने तहमा पुगेपछि झगडा गर्नेलाई भन्दा देख्ने सुन्नेलाई लाजमर्दो अवस्था आएको छ ।

यसै क्रममा पलाँताका घटनाका विषयलाई लिएर जयलाल न्यौपानेलाई रकम बुढाले ज्यान मा’र्ने ध’म्की दिएका छन । न्यौपानेलाई सलु भन्ने फे’क फेसबुक आइडिबाट रकम बुढाले मेसेज गरेको र वास्तविक परिचय दिन अनुरोध गरेपछि रकमले अपशब्द लेखेको तथा विवादले विवादले उ’ग्र रुप लिँदा लगत्तै दुई जनाबीचमा भएको टेलिफोन वार्तामा बुढाले तथानाम गालि गर्दै न्यौपानेलाई ज्यान मा’ने ध’म्कि दिएका हुन । १६ मिनेट ५८ सेकेण्ड लामो कुराकानीका क्रममा बुढाले नेपालगंज आएर सबै परिवारका सदस्यलाई मा’रिदिने भन्दै ध’म्काएका छन् ।

‘राजेन्द्र बुढा हुँ’ भन्दै जयलाल न्यौपानेलाई फेक फेसबुक आइडिबाट कुरा गर्ने गरेको तर टेलिफोन संवादमा भने आफ्नो परिचय दिएर यसअघि दुई जना (मान बहादुर भण्डारी र विष्णु रोकाया) लाई आफुले ठिक पारेको भन्दै ‘तँलाईलाई’ पनि बाँकी राख्दिन भनेर ध’म्क्याएका छन् । अडियो बाहिर ल्याउदै न्यौपानेले साइबर अपराध सम्बन्धी मु’द्धा दायर गर्ने बताएका छन । उक्त ज्यान मा’र्ने ध’म्किपछि न्यौपानेले ज्यान सुरक्षाको माग गर्दै बुढालाई का’र्वाहीका लागि अपिल गरेका छन ।

ध’म्की दिने बुढाले सोहि घटनालाई इंकित गर्दै पलाँतामा आफ्नो बाहेक अरु कसैको पनि केहि पावर नचल्ने बताउदै सबैलाई एक एक गरी ठिक पार्ने बताएका छन । ध’म्कि दिने रकम बुढा लक्ष्मण ब’मको सहयोगीका रुपमा सँगै हिड्ने युवा हुन । पलाँता घटनामा बुढाले अर्को पक्षलाई हानेको ढुंगा लागेर गाउँपालिका अध्यक्ष लक्ष्मण ब’मकी पत्नी गोरिकला ब’मको टाउकोमा चोट लागेको छ । उनको अहिले सुर्खेतमा उपचार भइरहेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बुढाले मान बहादुर भण्डारीलाई हान्न खोजेको उक्त ढुंगा गोरिकला बमलाई लागेको थियो । उता घ’टनामा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पलाँता अध्यक्ष विष्णु रोकाया र जिल्ला सदस्य मानबहादुर भण्डारी अहिले प्र’हरी हिरासतमा रहेका छन । ध’म्की दिएकाे अडियो संचारकेन्द्रसंग सुरक्षित छ ।

source : sanchakendra.com

You can share this post!