भारतिय हस्तक्षेप विरूद्द नेकपा दैलेखकाे मसाल जुलुश

नेपाल कम्युनिस्ट पार्टी दैलेखले नेपाली भुमि लिपुलेकमाथि भारतीय साम्राज्यवादले गरेको हस्तक्षेप बिरुद् केन्दिय योजना अनुसार आज जिल्लाको आठबिस नगरपालिका, ठाँटीकाँध गाउपालिका ,नौमुले गाउँपालिका र गुराँस गाउँपालिकामा मसाल जुलुस कार्यकरम सम्पन गरेको छ । भारतीय साम्राज्यवाद-मुर्दाबाद लिपुलेख लिम्पियाधुरा हाम्रो हो,लिपुलेकमा सडक निर्माण कार्य बन्द गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद नारा सहित मशाल जुलुस कार्यकरम सम्पन भएको छ ।

आठनिस नगरपालिकामा जिल्ला कमिटी सदस्य कमरेड सुदर्शन, कमरेड प्रकाश ठाटीकाँध गाउपालिकामा कमरेड शँकेत कमरेड पबित्रा र लाल बहादुर भन्डारी, नौमुले गाउँपालिकामा कमरेड भुपेन्द्र र गुराँस गाउपालिकामा जिल्ला सेक्रेटरी कमरेड मदुरोको नेतृत्वमा मसाल जुलुस सम्पन भयो ।

You can share this post!