दार्चुलाका तीन विधार्थि संगठनकाे भारतिय हस्तक्षेप विरूद्द संयुक्त प्रेस विज्ञप्ति

दार्चुला – नेपाली भुमि लिपुलेक भएर भारत सरकारले मानसराेबरस सम्म पुग्ने माेटर बाेटाेकाे उद्घाटन गरे यता विभिन्न संघ संस्था अाम नेपाली नागरिकहरूले त्यस कार्यकाे घाेर अालाेचना र विराेध गरेका छन ।

भारतले खुलेयाम नेपालकाे भुमि मिचेर सडक बनाउँदा पनि माैन बसेकाे केपी वलीकाे कम्युनिष्ट नामधारी सरकारले कुटनितिक पहलबाट त्यस कार्यलाइ तत्काल राेक्ने अाट नगरिरहेकाे अवस्थामा दार्चुला जिल्लाका तीन वटा विधार्थि संगठनहरूले सीमा विवाद तत्काल समाधन गर्न नेपाल सरकारलाइ ध्यानाकर्षण गर्न संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन ।

लिम्पियाधुरा सम्मकाे करिब ३७५ कि मी भुगाेल सहितकाे नक्सा सार्वजनिक गर्दै लिपुलेकसम्म पुग्ने माेटर बाटाे निर्माण गर्न र भारतले निर्माण गरिएकाे बाटाे बन्द गराउन् विधार्थि संगठनले विज्ञप्ति मार्फत चेतावनी दिएका छन । अखिल क्रान्तिकारी दार्चुलाका जिल्ला संयाेजक दिपेन्द्र शर्मा, समाजवादी विधार्थि युनियन का केन्द्रिय सदस्य तथा दार्चुलाका जिल्लाका संयाेजक गाेबिन्द बिष्ट र नेपाल विधार्थि संघ दार्चुलाका अध्यक्ष रमेश भट्टकाे सामुहिक हस्ताक्षरित विज्ञप्ति मार्फत सरकारले चाडाेभन्दा चाडाे कुटनितिक पहलबाट सिमा बिबाद समाधन गर्न र नगरिए समग्र दार्चुलाबासी जनताहरूले त्यसकाे शसक्त प्रतिकार गर्ने पनि उल्लेख गरिएकाे छ ।

You can share this post!