देश बेच्ने दलालहरु लाई तह लाउन बिप्लवको खाचो

तुफान सिंह कालिकाेटे

सामाजिक दलाल पुँजीवादको विशेषता प्रचारमा समाजवादी भन्दै जनतालाई दलाल पुँजीपतिवर्गको उत्पीडनभित्र घिसार्नु हो । दलाल पुँजीवाद सार र रूप दुवै दृष्टिले राष्ट्र र जनताका विरुद्ध रहेको हुन्छ । यसले देशलाई न प्रगतिशील पुँजीवादतिर जान दिन्छ, न त परम्परागत सम्बन्धमा नै रहन दिन्छ । एकातिर पुँजीवादी उत्पादन सम्बन्धको विकासलाई रोकिदिन्छ भने अर्कोतिर एकाधिकार र निगम पुँजीपतिवर्गसँग मिलेर जनतालाई उपभोग्य बजारका लागि मात्र प्रयोग गर्छ । कम्युनिस्टको नाम झण्डा र ब्यानरमा दिनानुदिन दलाल, बिचौलिया, कमिसनखोर र भ्रष्टहरुले जरा गाडिरहेको छ ।

दलाल पूँजीपति र साम्राज्यवादी एजेण्डहरुले दिनदाहाडै आ-आफ्नो शक्तीकेन्द्रको पावर प्रदर्शन गरिरहेका छ्न । प्राकृतिक श्रोत साधनको स्थानीय तहदेखि केन्द्रसम्मले बिना अबरोध दोहन गरिरहेका छ्न । सरकार दलाल, भ्रष्ट र कमिसनखोरीको घेरामा सत्ताधारी पार्टी कमिटी र त्यसका नेताकार्यकर्ताहरु “पनी, मशल, र शक्तिकेन्द्रको” घेराभित्र छन । कम्युनिस्ट नाम, सिद्धान्त र कार्यदिशाको धज्जी उडाएको बिश्व कम्युनिस्ट आन्दोलनको ईतिहासमै सायद यो पहिलो पटक होला ।

७० बर्ष लामो कम्युनिस्ट आन्दोलन, विभिन्न संघर्ष र क्रान्तिमा पटकपटक भएको धोका बिर्सेर सर्बहारा बर्ग क्रान्तिको मैदानमा होमिरह्यो, तर सत्तामा पहुँच तिनै दलालहरुको भैइरह्यो र खास बर्ग उहीँ रह्यो, वर्गसंघर्ष अधुरै रह्यो । १० प्रतिशतको हाराहारीमा रहेको दलाल पूँजीपति बर्गले आज सर्बसत्तावादी चरीत्र उदाङ्गो बनाएर देखाएको छ र करिब दुई तिहाईको जनमतको उपेक्षा गर्दै जनघाती र राष्ट्रघाती कदमहरु चालिरहेको छ । ५ प्रतिशत राष्ट्रिय पूँजीपति बर्ग र ८५ प्रतिशत निम्न-मध्यम श्रमजीवी बर्ग गरि ९० प्रतिशतमाथि सत्ता र शक्तिको दम्भ देखाएर शासन गरिरहेको छ ।

सचेत नेपाली जनताले जुनसुकै पार्टीमा रहेर पनि ब्यथिति र अन्यायबिरुद्ध लड्न सुरु गरिसकेको छ । यहीँबाट बर्ग ध्रुवीकरण भएर क्रान्तिलाई नयाँ उचाईमा पुर्याउने अर्को तेस्रो शक्ति समेत जुटिरहेको छ । स्वचालित संगठन र स्वाधीन सत्ताद्वारा मात्रै श्रमजीवी बर्गको अधिनायकत्व वा बास्तबिक श्रमजीवी बर्गको राज्यमा पहुँच पुग्ने हुँदा पार्टीभित्र कमाई खान आएकाहरुको सफाया गर्दै आर्थिक पारदर्शिता जनतासम्म पुर्याएर यो शक्ति जनताबिचमै जनताको आवश्यकताले जन्माएको र यही माटोबाट बिजयको शिखर चुम्ने प्रष्ट मार्गचित्र देखाउनु पर्ने समयले माग गरेको छ ।

परिवर्तनको लागि, हिजोका त्याग र बलिदान आज कम्युनिस्ट आन्दोलनमाथिको धोका र कम्युनिस्ट पार्टी नामका स्वार्थका झुण्डहरुको व्यबहार र चरीत्रले गर्दा ईमान्दार क्रान्तिकारीमा समेत बिचलन आएको छ । यो वर्गसंघर्षको मार्गमा यी क्रान्तिकारीको मनमा फेरि हिम्मत जमाउनुछ, सिङ्गो श्रमजीवी बर्गलाई वर्गसंघर्षमा समेटेर उनीहरुको आफ्नो राज्यसत्ता निर्माण गर्ने महान कार्यदिशामा लामबद्द हुनुछ । हामी तयार छौं दलालका किल्लामा धावा बोल्न, हामी चट्याङ बनेर भ्रष्टका प्रतिक्षालय ध्वस्त बनाएर बैज्ञानिक समाजवादी सत्ताको लालकिल्ला निर्माण गर्ने छौं ।

हामी अब हाम्रो आधार ईलाका निर्माणको डिपिआर बनाईरहेका छौं, समाजवादी प्रतिरोधले दलालहरुको साम्राज्यमा कम्पन ल्याउनेछौं । हो, हामी तयार छौं तपाईंको पुस्ता सकिए पनि हिजोजस्तो क्रान्तिलाई बिसर्जन गरेर, शक्तिमा साट्ने र बिलासितामा पुग्ने कल्पना गर्न कुनैपनी क्रान्तिकारीलाई छुट छैन । जबसम्म वर्गसंघर्ष जारी रहन्छ, तबसम्म आन्दोलन र मोर्चामा अन्तिमसम्म लडिरहने भीष्म प्रतिज्ञा गरेर अघि बढ्ने हामी तयारी गरिरहेका छौं । पार्टीले अब रक्षात्मक हैन आक्रमक नीति लिएर अघि बढ्नुपर्ने बेला आएको छ ।

बिप्लव नेतृत्व नेपाल कम्युनिस्टको साथ सपोटमा लाखौं नेपाली जनता छ । सिङ्गो परिबर्तनकारी युवाहरु आदेसको पर्खाईमा हुनुहुन्छ । देशमा दलालहरु बिगबिगी छ यस्को अन्त्य गर्ने एक मात्रै शक्ति हो जो बिद्रोहि नेकपा हो । यतिबेला देशमा बिप्लवको खाचो छ

You can share this post!