विप्लव नेकपा काठमाडौले गर्यो भारत विरुद्ध प्रचार विरोध

काठमाडौ नेत्रविक्रम नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टीले भारतिय हस्तक्षेपको विरुद्ध आज काठमाडौमा प्रचारात्मक विरोध कार्यक्रम गरेको छ । भारतले नेपाली भुमि लिपुलेक भएर सडक बाटो निमार्ण गरि उद्घान गरेको घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार आज उक्त कार्यक्रम गरिएको हो ।

खोक्रो राष्ट्रवादको विष वमन गरि सत्तासिन भएका खडक वली र प्रचण्डहरुले आफ्नो भूमिमा विदेशी डोजर चल्दासम्म पनि मुकदर्शक भएर बसेकोले भारतिय साम्राज्यवादको प्रतिकार गर्न आफुहरुले सो कार्यक्रम आयोजना गरेको काठमाडौ जिल्ला पार्टीले जनाएको छ । उक्त पार्टीले भारतिय हस्तक्षेप बन्द गर , लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो लगायतका नाराहरु लेखिएका पर्चा पम्पलेटहरु काठमाडौको गल्लीगल्लीमा बितरण गरिएको पनि पार्टीले जानकारी दिएको छ ।

You can share this post!