नेपाली राजदूतले काली पूर्वी हाम्रै हो भनेका छन्, फेरी किन आन्दोलन ?: भारतीय सेनाप्रमुख

एजेन्सी – भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले कैलाश–मानसरोवर जाने भारतीय यात्रीहरूको यात्रा छोटो हुने दाबी गरेका छन् । उनले मानसरोवर जाने वास्तविक नियन्त्रण रेखा (एलएसी) लाई लिपुलेख हुँदै गएको नयाँ सडकमा कुनै विरोधाभास नभएको बताएका छन् । उनले शुक्रबार कुनै देशको नाम नलिइ यस्तो दाबी गरेका हुन् ।

नेपालले नयाँ सडकको कडा विरोध गर्दै भारतलाई नेपालको भू–भाग भित्र कुनै गतिविधि नगर्न आग्रह गरेको छ ।

‘वास्तवमा नेपाली राजदूतले काली नदीको पूर्वी क्षेत्र नेपालकै (हाम्रै) हो भनेर उल्लेख गरेका छन् । त्यसमा कुनै विवाद छैन । हामीले बनाएको सडक नदीको पश्चिम तर्फ हो । त्यसोभए उनीहरू किन आन्दोलन गरिरहेका छन् मलाई थाहा छैन,’ उनले भने ।

विगतमा यसमा कुनै समस्या नभएको बताउँदै उनले भने, ‘उनीहरूले यो कुरा कसैको इशारामा उठाएको हुन सक्छ भन्ने विश्वास गर्ने कारण छ र यो धेरै नै सम्भावना हो ।’

उत्तराखण्डको गातियाबगढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक अघिल्लो साता भारतका रक्षामन्त्री राजनाथ सिंहले औपचारिक रूपमा उद्घाटन गरेका थिए ।

यसले यात्राको समय घटाएको छ र कैलाश जाने भारतीय यात्रीहरूको लागि यात्रा सजिलो भएको छ । उक्त सडक चाइना स्टडी ग्रूपको निर्देशनमा बनाइएको हो र इन्डो–चाइना बोर्डर रोड्सले सडक निर्माणमा लगानी गरेको हो ।

You can share this post!