नेकपा मेचि काेशी व्युराेद्दारा भारत विरूद्द मशाल जुलुश

युवासंगठन मेचिकाेशि ब्युराेले भारतिय हस्तक्षेप विरुद्ध झापा लगायत विभिन्न जिल्लामा निकाल्यो मसाल जुलुस । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन मेचिकाेसी ब्युरोले झापा लगायत ब्युरो अन्तर्गतका इलाम,पाँचथर ,ताप्लेजुङ ,माेरङ र सुनसरीका विभिन्न स्थानमा मसाल जुलुस गरेको छ । भारतले नेपाली भुमि कालापानी, लिपुलेक-लिम्पियाधुरा हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेको भन्दै उक्त कार्यका विरुद्ध युवा संगठनले मसाल जुलुस गरेको मेचिकाेसि ब्युरो संयोजक समरले जानकारी दिए ।

मसाल जुलुस कार्यक्रमलाई विभिन्न जिल्लाका जिल्ला नेताले सम्बोधन गर्दै उक्त कार्यक्रमकाे काेणसभामा बाेल्ने क्रममा आक्राेश ब्यक्त गरे । ब्युरो संयोजक समरले भने-यदि केपी प्रचण्ड नेतृत्वको सरकारले सिमा रक्षा गर्ने साहस राख्दैन भने हामी सिमा रक्षाका लागि बलिदान गर्न तयार छाैँ । उनले भारतिय हस्तक्षेप दलाल संसदिय व्यवस्था रहुञ्जेलसम्म नटुंगिने भन्दै आफुहरु अब चुप लागेर नबस्ने बताए ।

You can share this post!