गौरवपुर्ण विद्यार्थि ईतिहास र आज

गाेबिन्द बिष्ट

आज जेष्ठ १ गते विद्यार्थी एकता दिवश एवम विजय दिवश, ऐतिहासिक आवश्यकता बोध र पहलकदमिको दिन, यो गौरवमय दिनमा सर्वप्रथम नेपाली विद्यार्थी आन्दोलनको पहिलो शहिद गंगालाल श्रेष्ठ, चिनियाकाजी श्रेष्ठ, महान दशवर्षे जनयुद्धको पहिलो शहिद दिलबहादुर रम्तेल, अखिल (क्रान्तिकारी) का तात्कालिन उपाध्यक्ष बेनोज अधिकारी, महासचिव पुर्ण पौडेल, एकिकृत जनक्रान्तिका पहिलो विद्यार्थी शहिद, संगठनका के.स. तथा ऋत्भ्ख्त् उपत्यका जिल्ला अध्यक्ष क. प्रज्जवल शाही लगायत देशको परिवर्तनका निम्ति ज्यानको आहुति दिने सम्पुर्ण शहिदहरु प्रति उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता, घाईते कमरेडहरु प्रति विशेष स्मरण सहित उच्च सम्मान ब्यतm गर्दछु । यो ऐतिहासिक दिनमा शहिद वेपत्ता तथा घाइते कमरेडहरुको परिवर्तनको सपना पुरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गर्दछु । विद्यार्थी एकता दिवस एवम् विजय दिवशको अवसरमा समपुर्ण विद्यार्थीहरु लगायत समस्त नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु, खुसियाली साटासाट गर्न चाहन्छु ।

ऐतिहासिक पृष्ठभूमि

जागरण, दवाव र प्रतिपक्षीय आन्दोलनको पर्याय बिद्यार्र्थी संगठन निरंकुश राणाशासनकै बिचमा ऐतिहासिक पहलकदमि सहित संगठित भएको देखिन्छ । जनताको वाक स्वतन्त्रतामाथीको प्रतिवन्ध, जनताका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथिको प्रतिबन्ध, राणा शासकहरुको बोली नै कानुन बन्ने चरम दमन र निरंकुशताको बिचमा सुरुवात भएको  विद्यार्थी आन्दोलन गौरवपुर्ण छ । नेपाली विद्यार्थीे आन्दोलनको इतिहासमा सर्वप्रथम वि.सं.१९९१ सालमा भारतको वनारसमा अध्यनरत नेपाली  विद्यार्थीहरुले ुनेपाली छात्र संघु गठन गरे । वि. सं. १९९७ माघ १६ गते त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी नेता नेपालको पहिलो राजनितिक पार्टी ुनेपाल प्रजापरिषदु का सदस्य गंगलाल श्रेष्ठलाई राणा शासकहरुले शोभा भगवतीमा झुण्ड्याएर फासी दिए । यसले परिवतर्नकारी युवा विद्यार्थीहरुलाई राणा शासकहरुप्रति थप आक्रोसित बनायो ।

वि. सं. २००१ सालमा भारतको कलकत्तामा नेपाली विद्यार्थीहरुले ुहिमाञ्चल विद्यार्थी संघु गठन गरे । राणाहरुको चरम दमनकारी नितिले राणा शासनको अन्त्य गर्नुपर्ने महसुस सबैले गरेका थिए । त्यहीबेला  २००४ साल असार १ गते नेपालमा ुजयतु सस्कृतमु नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भयो । यसको मुख्य भित्री  उद्धेश्य  राणा शासनका विरुद्ध संगठित रुपमा संघर्ष गर्नु थियो । राणाहरुको चरम दमनका कारण बाहिरी रुपमा शिक्षामा कर्मकाण्ड बाहेक इतिहास, अर्थशास्त्र, भुगोल लगायतका विषयहरु समावेश गर्नुपर्ने मागहरु राखेर संघर्ष चर्काइरहेको थियो  । यहि क्रममा २००४ साल मंसिर २२ गते सस्कृत छात्रवास काठमाण्डौबाट राणा शासकहरुले ४३ जना बिध्यार्थीहरु निष्काशन गर्यो । विद्यार्थीहरुले चरम दमनको प्रतिरोधको निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यही सन्दर्भमा २००६ साल असार १७ गते भुमीगत रुपमा प्रचण्डराज सिंहको नेतृत्वमा ुअखिल  नेपाल विद्यार्थी फेड्रेसनु गठन गरियो ।

नेपाली बिध्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो । राणा शासनका विरुद्ध नेपाली जनता र परिवर्तनकारी विद्यार्थीहरुले निर्णायक आन्दोलन गरिरहेको समयमा २००७ साल पौष २४ गते भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांगे्रसले त्रिपक्षिय रुपमा राष्टघाती दिल्ली सम्झौता गरे । उक्त धोेकापुर्ण दिल्ली सम्झौताको अ.ने.वि.फे.ले व्यापक भण्डाफोर गर्न थाल्यो । २००८ साल कार्तिक २०  गते आन्दोलनको क्रममा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री वि.पी. कोइरालाको आदेशमा विश्व निकेतन  हाइस्कुलमा अध्यनरत १४ वर्षे विद्यार्थी चिनियाकाजी श्रेष्ठको भुगोलपार्क, काठमाडौमा गोली हानी हत्या गरियो । २०११ सालमा अ.ने.वि.फे.ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्यो । उपत्यकामा क्रियाशिल अन्तर कलेज विद्यार्थी युनियन र अनेविफे बिच २०१३ सालमा एकता भएर ुनेपाल राष्टिय विद्यार्थी फेड्रेसनु गठन गरियो । २०१९ सालममा डा. केशरजंग रायमाझी दरवारीया कम्युनिष्टमा पतन भइसकेपछी नेराविफेमा फुट आयो । नेराविफेको मुल प्रवाहले पनि क्रान्तिकारी छबिलाई बिगार्दै रुसि संशोधनवादमा फस्न पुग्यो ।

क्रान्तिकारी विद्यार्थीहरुले रुसी संशंोधनवादबाट मुक्त क्रान्तीकारी विद्यार्थी संगठनको महसुुस गरे । २०२१ साल बैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्टघाती असमान सन्धीहरु, खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पुर्णत खारेज गर्नुपनर्,े स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने र बन्दी विद्यार्थीहरु निशर्त रिहाइ गर्नुपर्ने लगायतका मागहरु राखी शसक्त संघर्ष गर्ने निर्णय गर्यो । सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुसियालीमा जेठ १ गते काठमाण्डौमा विशाल जुलुश गरियो । पञ्चायती सरकारले अत्तालिएर जुलुशमाथी बर्बर दमन गर्यो । सयौ विद्याथीहरु गिरप्तार भए । कैयौ विद्यार्थी र प्रहरीहरु घाइते भए । तत्पश्चात विद्यार्थीहरु थप  आन्दोलित बने । उपत्यकाव्यापी  आम हड्ताल सुरु भएपछी पञ्चायती  सरकार स्ववियु खोल्न पाउने अधिकार बहाली र गिरप्तार विद्याथीहरु रिहाइ लगायतका मागहरु पुरा गर्न बाध्य भयो । यसरी २०१७ साल पौष १  गते राजा महेन्द्रले कु गरीसकेपछि राजनितिक दल र संघ संस्था खोल्न पाउने अधिकार माथिको प्रतिबन्धका विरुद्ध विजय हासिल गरेको ऐतिहासिक दिन र उपत्यकाब्यापी बिद्यार्थीहरुको एकताको रुपमा दर्ज भएको   दिनको सम्झनामा प्रत्येक वर्ष जेष्ठ १ गते एकता तथा विजय दिवसको  रुपमा मनाउने गरिन्छ ।

आजको परिस्थिति र आवश्यकता

नेपाली  क्रान्तिकारी युवा विद्यार्थीहरु निरंकुश राणा शासनका विरुद्ध लडे, पञ्चायतका विरुद्ध लडे । बहुदलिय व्यवस्थामा ठुलो संघर्ष गरे, २०५२ साल फागुन १ गते सुरुवात गरिएको महान जनयुद्धमा सामेल भएर जनयुद्धको पहिलो शहिद बन्ने अवसर विद्यार्थीलाई प्राप्त भयो । नेपालमा गणतन्त्र स्थापना गर्नका लागी थुप्रै विद्यार्थीहरुले जिवनको उत्सर्ग गरे । प्रचण्ड बाबुरामहरुको  बेइमानीका कारण आज देशमा प्रतिक्रान्ति भइरहेको छ । त्यो पनि जनयुद्धको नेतृत्वकर्ता, सर्वमान्य नेता, प्रचण्डकै नेतृत्वमा । देशमा कम्युनिष्ट नकावधारी इतिहासकै बलियो सरकार छ । १४ बर्ष जेलजिवन बिताएका ओली प्रधानमन्त्री र जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड सरकारमा छन ।

इतिहासमा थोरैलाई मात्र प्राप्त हुने अवसर जनताले उनिहरुलाई  सुम्पिए, बदलामा ओली  सरकार समाजवादको शब्द व्यापार गरेर नेपाली जनतामाथि उत्पिडन थोपरिरहेको छ । कोरोना कहरले विश्व प्रताडित छ । नागरिकहरुको स्थिति हरिबिजोग छ, सरकार स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अर्बौ घोटाला गर्न तम्सन्छ । चौतर्फि बिरोधपछि नेपाली सेनालाई  अगाडि  सारेर जालझेल र फट्याई गरिरहेको छ । प्रिन्टिङ मेसिन खरिद प्रकरणमा कमिसनको मोलमोलाई गर्ने काभ्रेली प्रतिभा गोकुल बास्कोटालाई कार्बाही गर्न सक्दैन ।

वाइडबडि जहाज काण्ड, यति काण्ड, सांसद अपहरण काण्ड, बालुवाटार जग्गा काण्ड, ल्ऋभ्ीी काण्ड  सरकारकै संग्लग्नतामा भइरहेका छन । सरकार भ्रष्टाचारीलाई कार्बाही गर्न छोडेर राहत बाड्नेहरुलाई गिरफ्तार गरिरहेको छ ।  युवा पुस्तालाई  देशमा गरिखाने बातावरण बनाउन छोडेर उद्योगधन्दा, कलकारखाना सञ्चालन गरिरहेका राष्ट्रिय पुजिपति बर्गलाई कर आतंकले सन्त्रास फैलाइरहेको छ । युवापुस्तालाई पासपोर्टधारी दाम्लोले बाधेर बिदेशमा बेचिरहेको छ, तिनै युवाहरुले पसिना चुहाएर पठाएको रेमिटेन्सले फिर्के सलामि खानेहरु र रिवन काट्नेहरु पाल्न ठिक्क छ । सेता हात्तिहरु पाल्न बिदेशिएका युवाहरु  भारत लगायत खाडी राष्ट्रहरुमा कोरोना कहरले  अलपत्र छन, ति युवाहरुको हार गुहारले सरकारलाई छुदैन । नेपाली किसानहरुको अवस्था उस्तै छ । लकडाउनकै बिचमा करिब ४ अर्बको तरकारी भारतबाट निर्वाध आयात गरिएको छ, तर नेपाली किसानहरुको तरकारी बारीमै कुहिएको छ । कुखुरा नबिकेर किसानहरु धरासायी छन ।

भारतबाट अहिले पनि कुखुरा, माछाहरु निर्वाध आयात गरिदै छ । केहि दिनदेखी भारतले नेपालको सिमाना अतिक्रमण गरी पिथौरागढ लिपुलेख सडकखण्ड उद्घाटन गरेको विषयले  सबै  राष्ट्रभक्त नेपालीहरु आक्रोशित छन । सरकार आफैले नेतृत्व गर्नुपर्ने राष्ट्रियताको आन्दोलनमा स्वःस्फुर्त सडकमा निस्केका राष्ट्रप्रेमीहरुलाई भारतकोे पाले बनेर गिरप्तार गरिरहेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञावली र प्रधानमन्त्री केपी वली सिमा मिचेको विषय जानकारी नभएको हास्यस्पद, गैरजिम्मेवार कुतर्क गरिरहेका छन । कमिसन कताबाट आउछ भनेर राम्रैसंग थाहा पाउने ओली सरकार सिमा मिचिएको बिषयमा बेखबर छ  । सरकारले  परराष्ट्र मन्त्रालयद्धारा बेवारिसे विज्ञप्ति निकालेर राष्ट्रवादी अभिनय गरिरहेको छ । जनताको आवाज थुन्ने सुचना विधेयक, राजनितिक दलसम्बन्धि विधेयक ल्याएर निरंकुश बन्ने प्रयत्न गरीरहेको छ ।

उल्लेखित विषयले ओली सरकार  र दलाल सामाजिक पुजीवादी व्यवस्था पुर्ण रुपमा असफल भएको पुष्टि भएको  छ ।  विश्वको सन्दर्भमा, कोरोना महामारीले पुंजीवादी व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थाको अपरिहार्यता जरुर देखिएको छ । इतिहासको आवश्यकता र माग भएको बेला युवा क्रान्तिकारी विद्यार्थीहरुले उचित पहलकदमी लिएको हाम्रो विगत छ । त्यो आवश्यकता देशले आज पनि महशसुस गरिरहेको छ । तसर्थ संकटकारी वली सरकार, करोडपतिहरुको कब्जामा परेको मक्किएको संसदिय पुजीवादी व्यवस्थाको विरुद्ध सबै परिवर्तनकारी युवाहरु लाग्नुपर्ने बेला भएको छ  । पुःन आम जनसमुदायमा विद्यार्थी एकता एवम् विजय दिवशको  हार्दिक शुभकामना !

लेखक अखिल (क्रान्तिकारी) काठमाडाैका जिल्ला अध्यक्ष हुन्

You can share this post!