क्रान्तिकारीद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलनको घोषणा, लकडाउनकै बीच मोदी र ओलीको पुत्ला जलाइँदै

काठमाडौँ । अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउनेसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

अखिल क्रान्तिकारीका उपत्यका विशेष क्ष्ोत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शुक्रबार विज्ञप्ति जारी गरेर नेपालीभूमी मिचेर भारतले सडक निमाण गरिएकोप्रति आपत्ति जनाए । उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि विश्व लकडाउन भएको मौका छोप्दै भारतले नेपालीभूमी मिचेर चीनको सीमा मानसरोबर जोड्ने सडक निर्माण गरेर नांगो हस्तक्षेपलाई बढाएको बताए ।

“कारोना महामारीका कारण बिश्व लकडाउनमा रहेको मौका छोपी नेपालको लिपुलेक, कालापानी क्षेत्रमाथि भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेपलाई अरु बढाएको छ । गत कार्तिक महिनामा भारतद्वारा लिपुलेकको ३७२ वर्ग किलोमिटर सीमा अतिक्रमण गरेपछि नेपालका सबै देशभक्त तथा राष्ट्रवादीहरु आन्दोलित भइरहेको बेला फेरि भारतीय शासक वर्गले मानसरोबर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उक्त सडकको उद्घाटन गरेका छन । यो नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्बभौम सत्तामाथिको नांगो हस्तक्षेप हो” विज्ञप्तिमा भनिएको छ ।

बिकले भारतले आफ्नो भूमिमा सडक निर्माण गरिसक्दा पनि नेपाली दलाल शासकहरुले आफूलाई थाहै नभएको भन्दै निर्लज्जता प्रदर्शन गरिरहेको बताए ।
भारतले नेपालीभूमी मिचेर चीनसम्म जोड्ने सडक निर्माण गर्दा पनि नेपाली शासकहरुले चालै नपाएको बताउनु र नागरिक सडकमा आइसक्दा पनि सरकारले औपचारिकतामा सिमित भएको बिकले बताएका छन् । उनले समस्या साधानको कुनै पहल नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका राष्ट्रवादी मुकुण्डो च्यातिएको बताए ।

“भारतीय अतिक्रमणका विरुद्ध चौतर्फि जनदवाव बढ्रन थालेपछि परराष्ट्र मन्त्रालयमार्फत हस्ताक्षरविनाको काइते विज्ञप्ति निकालेर झारा टार्ने काम भएको छ । यसले नेपाली शाकहरुको असली हैसियता देखाएको छ । नागरिकहरु लकडाउनलाई तोडेर सडकमा आइसक्दा पनि केपी सरकारले औपचारिकता बाहेक समस्या समाधान हुने गरि कुनै पहल गरेको छैन । यसले ओलीको राष्ट्रवादी मुकुण्डो च्यातिएको छ” विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीले कालापानी, लिपुलेक क्षेत्रमाथिको हस्तक्षेपबिरुद्ध कार्तिक २४ गते काठमाडौँमा विरोध गर्दा ४२ जना नेताकार्यकर्तामाथि झुटा मुद्दा खेपिरहेको बेला अतिक्रमण बढेकोले पुनः आन्दोलनमा जान बाध्य भएको बताएको छ । विज्ञप्तिमा बैशाख ३१ गतेसम्मका संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ ।

जसअनुसार बैशाख २७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने, २८ गते लिपुलेक समेटिएको भारतीय नक्सा जलाउने
२९ गते देशभक्त तथा राष्ट्रवादीहरु सहितको संयुक्त बिरोध प्रदर्शन गर्ने, ३० गते मशाल जुलुस  र ३१ देखि भारतीय नम्बर प्लेटका गाडीहरु सञ्चालनमा प्रतिबन्ध लगाउने क्रान्तिकारीको तयारी छ ।

You can share this post!