विप्लव नेकपा कालिकाेट द्दारा माेदीकाे पुत्ला दाेहन

कालिकाेट लिपुलेखमा भएको भारतिय नाङो हस्तक्षेप बिरुद्द कालिकोटमा नेकपा ले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी को पुत्ला दोहोन कार्यक्रम सम्पन्न गरेकाे छ । कालिकोटका प्रत्यक एरिया मा उक्त पुत्लादोहन कार्यक्रम सम्पन्न गरिएको नेपाल कम्युनिष्ट पाटी कालिकाेटले जनाएकाे छ ।

पचालझरना मा पुत्लादोहन कार्यक्रम पछी कोणसभा लाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदिप ले लकडाउन को अबसर पारेर केपी अोलिले मोदी लाई सरकार टिकाउन लिपुलेक सुम्पेको अारोप लगाउनु भयो । लकडाउनमा अाफ्ना नेताकार्यकर्ता लाई गिरप्तार गरेकाले अाजैको दिनबाट लकडाउनको उलंघन गर्दै संघर्षका कार्यक्रम लाई निरन्तरता दिने चेतावनी दिनु भयो । लगातार एकहप्ता संघर्ष का कार्यक्रम अगाडि बढाउने घोषणा गर्नु भयो ।

You can share this post!