विप्लव नेकपाकाे युवा संगठन अछाम द्धारा राहत वितरण

अछाम – विश्वस्तरमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्य मुताबिक विश्व स्वास्थ्य संगठनको आवहानमा नेपाल यतिखेर विगत दुइ महिना हाराहारीको लकडाउन (बन्दाबन्दी) का कारण आम नागरिकको जिवन कष्टकर छ ।
आवागमन पुर्ण रुपमा बन्द छ । ८० लाख युवायुवतीहरु विदेशमा अलपत्र छन । सम्पुर्ण सार्वजनिक सेवाहरु ठप्प प्राय छन । जसका कारण नागरिकहरुलाई दैनिक जिवन यापन गर्न असहज भएको छ । अझ सबैभन्दा बढी त दैनिक ज्यालादारीमा काम गरिेखाने मजदुरको अवस्था असाध्यै नाजुक भएको छ ।


यस्तो बिशम परिस्थितिमा नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन अछामले समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराएको छ । जिल्लाको ढकारी गाउँपालिकामा रहेका राजबन्दी तथा अति विपन्न १५ घर धुरीलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री स्वरुप प्रति परिवार १ बोरा चामल, २ किलो दाल, २ किलो चिनि, २ प्याकेट आयोडिन नुन र २ चक्की हातधुने साबुन वितरण गरिएको युवा संगठन अछामले जानकारी दिएको छ ।


युवा संगठन नेपालका केन्द्रिय सदस्य ईन्द्र विक्रम साउँद (विजयको नेतृत्वमा आयोजना गरिएको राहत वितरण कार्यक्रममा बोल्दै विजयले युवाहरुको गौरवशाली संगठन युवा संगठन नेपाल विगत लामो समय देखि सर्वहारा वर्ग तथा उत्पिडित युवाहरुको मुक्तिकामी एजेन्डालाई अगाल्दै सदैव वर्ग संघर्षको मैदानमा होमिरहेको र होमि रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । साथै उनले जनविरोधि कम्युनिष्ट नामधारी दुइ तिहाइको दुहाइ दिने वली सरकारले जनता कोरोना महामारीको महाविपदमा रहेको कठिन घणीमा पनि मुकदर्शक बनिरहेको र राहतको नाममा आफ्ना कार्यकर्ता पोस्ने र सस्तो मिडियाबाजीमा मात्रै सिमित रहेको अवस्थामा आफुहरुले नागरिकको दुखमा साथ दिएको पनि भनेका छन ।


राहत वितरण कार्य जिल्ला पार्टीले अछाम जिल्लाका विभिन्न गाउँ बस्तिमा केहि दिन अगाडी देखि नै गर्दै आएको र यस कार्यलाई समस्याग्रस्त शहिद, राजबन्दी तथा अति विपन्न नागरिकको आवश्यकतानुसार केहि दिन सम्म निरन्तरता दिने समेत नेकपा अछामले जानकारी गराएको छ ।

राहत वितरणका केहि झलकहरू तस्विरमा

You can share this post!