लकडाउनकाे बिकल्प खाेज

श्याम बहादुर बाेहरा

शत्ताधारी लुटेरा शासक/प्रशासकहरुले कोरोना भाइरस नियन्त्रणको एक मात्र अचुक उपाय केवल लकडाउन मात्र हो भने झै गरिरहेकाछन । यस्लाई उनिहरुले आफ्नो कुत्सित स्वार्थ प्राप्त गर्ने एउटा सहज समयका रुपमा प्रयोग गरिरहेकाछन भन्ने कुरा यश विचमा प्रकट भएका अनगिन्ती प्रकरणहरुले पुष्टि गरिरहेको तथ्य आम नेपाली जनताका अगाडि छर्लङ्ग छ । विभिन्न उपाए मध्ये लक डाउन पनि एउटा सामान्य उपाय त हो नै ।

यदि लामो समय सम्म पनि कोरोना नियन्त्रणमा आएन भने के अनन्तकाल सम्म देशलाई बन्द गरिनै रहने हो ? सव भन्दा प्रभावकारी काम त छिटो भन्दा छिटो यस्का विरुद्द लड्ने मेसिनरी यन्त्र र किट लगायतका श्रोत साधन संकलन गर्दै, यश संग समन्धित चिकित्सकहरुको व्यापक परिचालन गर्दै, प्रयार्प्त जन शक्त्ती छैन भने श्वास्थ्यकर्मिहरुलाई तालिम दिदै धेरै भन्दा धेरै जनताको श्वास्थ्य परिक्षेणको दायरालाई व्यापक र तिव्रतामा लिनु पर्ने हो । त्यता पट्टि जोड दिइएकै छैन ।

डेढ महिना भैसक्यो लक डाउन भएको । तर कोरोनाको परिक्षेण हाल सम्म आइ पुग्दा कुल जन संख्याको १ % पनि गरिएको छैन । यो तथ्यले के स्पस्ट गर्छ भने यिनिहरु देश र जनता प्रती उत्तरदायी छैनन । यिनिहरु शत्ता,शक्त्ती र संपत्तिका लागि आपसमा लडिरहेकाछन । यश विचमा भएका थुप्रै काण्डहरुले यो कुराको सान्दार पुष्टि गर्दछन।जनताहरुको दैनिकी असाध्यै कस्टकर भैरहेको छ । सांझ विहानको छाक कसरी टार्ने ? वाली कसरी भित्र्याउने ? सिजन भै सक्यो, वाली कसरी लगाउने ? नियमित जांछ गराइ रहने दीर्घ विरामीहरुले कसरी अस्पताल सम्म जाने ? औषधि कसरी प्राप्त गर्ने ? यावत समस्याहरुको चंगुलमा सर्व साधारण जनता जकडिएकाछन।के यिनी निकृस्टहरुले सोचेकाछन ? छि :छि !! पाखण्डिहरुको यो नाङ्गो नाच !!! अझै लकडाउन मात्र थप्ने निर्णय पो गर्दै छन रे !!!! होइन शासकहरुको घराना भित्र मानवता वाकी रहेको कोहि छैन कि के हो ?

You can share this post!