कोरोना भन्दा त्रास बिद्रोहि नेकपा को

तुफान सिँह कालिकाेटे

बिश्वका २१५ देशभन्दा बढीको देशहरुमा covid:19 कोरोनाले महामारीको रूप लि रहेको बेला तेस्को प्रत्यक्ष असर अहिले नेपाल् मा पनि परेको छ । एकातिर देश पुरै लकडाउन मा छ अहिलेसम्म नेपालमा ८२ जना पोजेटिभ देखिए पनि १६ जनालाई उपचार पछि निको भैसकेको छ।एति बेला बिश्वको ध्यानाकर्षण कोरोनालाई कसरी नियन्त्रण गर्ने भन्ने तिर छ । तर बिडम्बना नेपालको कथित कम्युनिस्ट सरकार भन्न रुचाउने हरु । अर्को बिद्रोहि नेकपा लाई कसरी गिरफ्तार गर्ने भन्ने दाउमा देखिन्छ । एसै गरि लकडाउन कै बेला जनतालाई प्रत्यक्ष सयोग राहत सेनिटाईजर लगाएतका सामाग्री हरु बितरण गर्दै गर्दा गिरफ्तार त कतै होम क्वारेन्टाइनमा बसि रहेका नेता त कतै उपचाररत नेता ।

यो सबै राज्यको ध्यानाकर्षण किन यसरी एउटा् राजनितीक आस्था बोकेको पार्टी माथी लोकतान्त्रिक गणतन्त्र भएको देशमा ब्याक्ती स्वतन्त्रता कति छैन । यो भन्दा राणा शासन नै ठिक थियो भन्ने सम्म जनताको मुखबाट सुनिन थालेको छ । गफाडी प्रधानमन्त्री ८० करोड राहत सरकारले बाड्यो भन्दै केन्द्रिय सदनमा कम्युनिस्ट सरकार भए सम्म कोइ भोकै मर्ने दिन आउदैन भन्न पछि पर्दैन्न तर । ग्रामिण ती बस्तिहरुमा एकपट्क हेर्नेकि । यो सरकार ले यो सबै भुली सकेको छ उस्को ध्यान छ त कसरी भ्रष्टाचार गर्ने र देशलाई Mcc पास गराई अमेरिकाको जिम्मा दिने भन्ने तिर केन्द्रित छ । अर्को बिद्रोहि नेकपा ले कहाँ के गरि रहेको छ भन्ने मुख्य डर कोरोना भन्दा बिद्रोहि नेकपाको रहेको बुजिन्छ ।

होइन भने बिद्रोहि नेकपा महासचिव बिप्लव ले एउटा् बिगेप्ती निकाल्नै देश महामारीको चपेटामा परेको बेला सम्पूर्ण राजनीतिदल र संघसंगठन सङ मिलेर अगाडि बड्ने प्रतिबद्धता गर्नु भएको यो दलाल राज्यका मालिक लाई थाहा थिएन । आज पनि हजारौं बेरोजगारी युवाहरु काठमाडौमा भोकभोकै बस्नु परेको छ खोइ तेता तिर ध्यान । खाडिमुलुक मा लाखौं लाख नेपालीहरु पासपोर्ट को भिजा सकिएको र लकडाउन ले गर्दा टिकेट क्यान्सिन भएका ती नेपाली मजदुरको पीडा यो अन्धो राज्यले कहिले देख्छ । केही कुरा त अरुबाट पनि सिक्नु पर्छ भन्ने मान्यता कत्ती छैन लाज पचेकाहरुलाई । तेसैले गिरफ्तार तिर होइन कोरोना नियन्त्रणमा सहकार्य गर्दै अगाडि बड्नु को अर्को कुनै बिकल्प छैन १२-१३ सय राजबन्धिलाई सरसमान रिहाई गरियोस । अन्तत दमनले विद्रोह जन्माउछ त्यो हामी चाहन्नौ ।

You can share this post!