दैलेख जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास

कलम सिह बिस्बकर्मा

नेपालका श्रमिक जनताहरुको राजनितिक प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीको जन्म वि.स.२००६सालमा भयको थियो । कम्युनिस्ट पार्टी जन्मेको २ वर्ष पछि दैलेख जिल्लामा कम्युनिस्ट पार्टीको राजनितिबारे चासो शुरु भयको थियो । दैलेख जिल्लाको नौमुले गाउँपालिकको चौराठा निवासी भवानी प्रसाद शर्माको २००८ सालमा रुकुम जिल्ला निबासी कामी बुढा सँग सम्पर्क भयको थियो।तत्कालिन समयमा कर्णालीमा कम्युनिस्ट पार्टीको जिम्मेवारी कमलराज रेग्मीले पायका थिए ।

कामी बुढा र भबानी प्रसाद शर्मा कमलराज रेग्मीलाई भेट्न पाल्पा गएका थिए । कमलराज रेग्मीले उहाँहरुलाई किसान सगठनको जिम्मेवारी दिनु भयको थियो । किसान सगठनको जिम्मेवारी पायपछि कामी बुढा र भवानी प्रसाद शर्मा प्युठान, सल्यान, रुकुम, दैलेख, जुम्ला हुदै हुम्ला पुग्नु भयको कुरा कामी बुढाको ईतिहास अध्ययन बाट बुझ्न सकिन्छ । उहाँहरु त्यतिबेला गाउँका सामन्त, मुखिया, जिम्मुबालका बिरुद्मा किसानलाई सगठित गर्दै कम्युनिस्ट राजनितिको प्रचार प्रसारमा लाग्नु भयको थियो‌‌ । २००७ सालको राजनितिक परिवर्तनले जनतामा अाफ्नो अधिकारको लागि सघ्रस गर्नुपर्छ भन्ने चेतना विकास भयको थियो ।

ठाक्टर के.आई सिहको विद्रोहसँग जोडेर २००८ सालमा कम्युनिस्ट पार्टीलाई प्रतिवन्ध गरियो । प्रतिबन्धको बिजमा पनि पार्टीले आफ्ना गतिबिधिहरु भुमिगत ढगले अगाडि वढाईरहेको थियो । २००८सालदेखि २०१२साल सम्म कम्युनिस्ट पार्टी प्रतिवन्धि थियो । २०१२ सालमा त्यतिबेलाको पार्टीको माहामन्त्री कमरेड मोहन मोहन अधिकारीले राजाको बैधानिक नायकत्व स्वीकार गर्ने र शान्तिपुण ढगले‌ समाजवादको प्रचार प्रसार गर्ने निति लियपछि बि.स. २०१३ बैसाख महिनामा पार्टीमाथिको प्रतिबन्ध हटाईको थियो । कम्युनिस्ट पार्टीले जनताको विजमा खुल्ला ढगले राजनिति गर्ने बाताबरण बनेको थियो । २०१५ सालको निर्बाचनमा नेपाल कम्युनिस्ट पार्टीले भाग लियको थियो‌ । दैलेख जिल्लाको पुर्वी भेगबाट नेपाल कम्युनिस्ट पार्टीका नेता निर्मल लामा चुनावमा उम्मेदार हुनु भएको थियो।चुनावमा उहाले 753 भोट पाउनु भयको थियो ।

निर्वाचनवाट नेपाली काँग्रेस पार्टीले बहुमत पायको थियो । काँग्रेस नेता बि. पि. कोईरालाको नेतित्वमा सरकार गठनभयको थियो । सरकारले दुई वर्ष पनि काम गर्न पाएन । २०१७ सालमा राजा महेन्दले बि.पि.कोईराला नेतृत्वको सरकारलाई हटायर देशमा निर्दलिय पञ्चायती निरकुश शासनको शुरुवात गरेका थिए । पञ्चायती ब्ववस्थाका विरुदमा अावाज उठाउनेहरुलाई जेल,नेक र हत्या गर्ने काम गरेका थिए । यहिक्रममा २०१८ पौष १८ गते दैलेख जिल्लाको मातहदमा रहेको कटकुवा प्रहरी चौकीमाथि प्रजातन्त्रबादीको आक्रमणमा परि एकजना प्रहरीको मृत्यु भयको थियो । घटनापछि तत्कालिन निरकुश सरकारले व्यापक दमन, धरपकड शुरु गर्यो ।

दैलखको नयाँगाउ निवासी कृस्ण बुढालाई जार्जखोलाबाट र मेहलतोली निबासी मायाराम रेग्मी, चन्दुलाल रेग्मी, बिन्दुलाल रेग्मीलाई चौराठाको खाडागाउँबाट गिरफ्तार गर्यो । दैलेख कारागारमा ल्याई निर्मम यातना दियो । बि.स. २०१८ सालमा निर्मम यातनाको कारण मायराम रेग्मीको दैलेख कारागारमा मृत्यु भयो । दैलेख जिल्लाको पहिलो शहिद मायाराम रेग्मी हुनुभयो।उहाँले किसान सगठनमा रहेर कम्युनिस्ट पाटीको प्रचारप्रसार र निर्मल लामाको पक्षमा चुनाव प्रचारमा पनि महत्वपुर्ण भुमिका खेल्नु भयको थियो । त्यतिबेला भवानी प्रसाद शर्मा, कृस्ण ब. बुढा, चन्दुलाल रेग्मी र बिन्दुलाल रेग्मी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताका रुपमा सक्रिय थिए ।

पञ्याती व्वबस्थाको अवधिमा दैलेख जिल्लामा कम्युनिस्ट सिदान्त, बिचार र राजनितिको प्रचार प्रसारमा नेपाल मजदुर किसान पार्टीको महत्वपुर्ण भुमिका रहेको देखिन्छ । दैलेखी जनताहरुलाई सचेत र सगठित बनाउने काममा त्यतिबेला दैलेख जिल्लामा अन्य कम्युनिस्ट पाटीको भुमिका रहेको देखिदैन । बि.स. २०४६ सालको जनआन्दोलन पश्चात देशमा बिभिन्न समुहमा बिभाजित रहेका कम्युनिस्ट पार्टीहरुको एकिकरणको शुरुवात भयको थियो । यहि क्रममा नेकपा (माले) र नेकपा माक्सबादी मिलेर २०४७ सालमा नेकपा (एमाले) पार्टी गठन भयको थियो । नेकपा मशाल, मसाल, सर्वहारा श्रमिक सगठन र नेकपा चौम पार्टीको एकिकरण बाट नेकपा (एकता केन्द) गठन भयको थियो । नेकपा (एकता केन्द) को एकता माहाधिबेसन २०४८ सालमा सम्पन भएको थियो । एकता माहधिबेसनले दिर्घकालिन जनयुद्को कार्यदिशा पास गरेको थियो । २०४८ सालको ससदीय निर्बाचनमा जनमोर्चाको नामबाट चुनावमा भाग लियको थियो । २०५१ सालमा पार्टीको नाम नेकपा माओबादी बनाईको थियो ।

२०५२ साल फाल्गुन १ गते बन्दुकको नालमा टिकेको राज्य व्यवस्थालाई बन्दुकले भत्काउनु पर्छ भन्ने माहान सर्वहारावर्गका नेता माओको भनाईलाई आत्मसात गर्दै सामन्ती राज्य व्यवस्थाको बिरुद् विद्रोहको घोषणा गरियको थियो । समान्त, दलाल, नोरकशाहको अधिकार रक्षा गर्ने सँसदीय व्बबस्थाको बिकल्पमा जनताको जनवादी र समाजबादी राज्य ब्ववस्था स्थापना गर्ने लक्क्ष जनयुद्को थियो । जनयुद्बाट अाफ्नो मुक्तिको सपना पुरा हने आशा गरेर नेपालका सम्पुर्ण उत्पिडितवर्ग लिंग, जातजातिका युवायुवतीहरु पा्टी, जनमुक्तिसेना र सत्तामा सगठित हुदै देश र जनताको लागि अाफ्नो अमुल्य जीवन बलिदान गर्न तयार भयका थिए । जनयुद्मा हजौरौले जीवन गुमाए, गजारौ घाइते भए र हजारौ बेपत्ता भए । देशका सबै जिल्लाहरुमा जनयुद्को प्रभाव विकास हुदै गयको थियो । यहि क्रममा छिमेकीा कालिकोट र जाजरकोट जिल्लाहरु जनयुद्को भेरिकर्णालीको आधारईलाको रुपमा स्थापित भयका थिए । दैलेख जिल्लामा पनि जनयुदको प्रभाव छिमेकी जिल्लाहरुबाट नै बिस्तार भयको थियो । मोटामोटी रुपमा दैलेख जिल्लाको बिगत जनयुद्को इतिहास र वर्तमानमा कम्युनिस्ट पार्टीको अवस्थालाई यसरी बुझ्न सकिन्छ ।

‌‌वि.स. २०५३ सालमा सुर्खेत, दैलेख र जाजरकोट ३ वटा जिल्लालाई मिलायर एउटै जिल्ला गठन गरियको थियो । सयुक्त जिल्लाको ईन्चार्ज शक्ति बहादुर वस्नेत र सेक्रेटरी भक्त बहादुर शाह हुनुभयको थियो । २०५४ सालमा जाजरकोटलाई अलग र दैलेख र सुर्खेतलाई मिलायर एउटा जिल्ला बनाईयको थियो । यसको ईन्चार्ज शक्ति बहादुर वस्नेत र सेक्रेटरी माया प्रसाद शर्मा हुनुभयको थियो । भेक उपक्षेत्रिय व्युरोको निर्णय अनुसार २०५७ चैत्रमा सुर्खेत र दैलेख दुवै जिल्लाको अलग अलग जिल्ला कमिटी गठन गरियको थियो । दैलेख जिल्लाको ईन्चार्ज मायाप्रसाद शर्मा र सेक्रेटरी सन्जीव हुनु भयको थियो । २०५७ सालमा नौमुले प्रहरी चौकीमा पार्टीको नेतृत्वमा भयको सफल कार्वाहीबाट दैलेखमा पार्टी प्रति जनविस्वास बढेको थियो । त्यतिबेला नै थुप्रै बुदीजीबी,शिक्षक पुरानो सत्ताबाट बिद्रोह गरेर पार्टीमा प्रबेश गरेका थिए । २०५७ सालपछि दैलेखमा स्थानिय पार्टी कार्यकर्ता उद्पादनमा निकै बिकास भयको थियो । २०५८ सालमा ईन्चार्ज सन्जीव र सेक्रेटरी कुसल हुनुभयको थियो भने २०६० सालमा ईन्चार्ज खकेन्द्र सेन र सेक्रेटरी कुसल नै हुनु भयको थियो । २०६१ सालमा ईन्चार्ज खकेन्द्र सेन र सेक्रेटरी रणजित हुनु भयको थियो ।

२०६१ साल कार्तिक र मसिर महिनामा दैलेख जिल्लाको नौमुले, दुल्लु, सल्लेरी, छिउडीपुसाकोट, खड्गबाडा, नेपा नौगाउ लगायतका स्थानहरुमा पार्टी बिरुद दिनहुँ नारा जुलुस गरियका थिए । माहान जनयुद् १० औँ वर्षमा प्रवेस सँगै रास्टि्य र अन्तरास्टि्य रुपमा श्रमजीवीवर्गको मुक्तिको झन्डा बनिरहेको थियो । दैलेख जिल्लाले पनि पार्टी क्रान्तिमा अाफ्नो भुमिका उच्चताका साथ पुरा गरिरहेको थियो । स्थानिय पार्टी कार्यकर्ता नेतृत्व र योजनामा रहन गयको अतिभुतवादी चिन्तन एवँम नोकरशाही कार्यशैलीका कारण जनता पार्टीबाट रुस्ट भयको मौका छोपी प्रतिक्रियावादी शाही सेनाले जनतालाई भ्रममा पारेर शान्ति जुलुसको नाममा पार्टीको विरुद्मा प्रतिकारमा उतार्न खोज्दा घटनाहरु घटेका थिए । त्यतिबेला माओबादी बिरुद नारा जुलुस मात्र गरियन माओबादी नेता, कार्यकर्तालाई गिरफ्तार गरी हत्या गर्ने, शाहि सेनालाई बुझाउने र आत्मसम्रर्पण गर्न लगाउने गतिबिबिधिहरु पनि जनताको नाममा घुसेका प्रतिकार दलका सदस्यहरुले गरेका थए ।

दैलेख घटनाको रास्टि्य अन्तरास्टि्य चर्चा भयको थियो । तत्कालिन पश्चिम केन्दिय कमान्डको तर्फबाट घटनाको छानविन गरी सत्य, तथ्य जनसमुदायलाई जानकारी गराउन ३ सदस्यिय समिति गठन गरिएको थियो । छानविन समितिले १ महिना लगायर दैलेख जिल्लाको पुर्व पश्चिम र मध्य भागमा पुगेर जनता, बुदिजीवी, व्यापारी, कर्मचारी र बिभिन्न राजनितिक पार्टीका नेता, कार्यकार्यकरताहरुसँग भेटघाट छलफल गरी प्रतिबेदन तयार गरेको थियो।छानबिन समितिले प्रतिबेदन पश्चिम केन्दीय कमान्डमा पेश गरेको थियो । छानविन समितिको प्रतिवेदन अनुसार दैलेख जिल्लामा नेतृत्व र कार्यकर्ताको कार्यशैलिमा समस्याहरु रहेको, जवरजस्ती होल्टेम्वर बनाउने गरेको, जथाभावि सेबोटेज कार्बाही गर्ने गरेको, परम्पारादेखि चलिअायको धर्म सस्कारमा प्रतिबन्ध लगायको र जवरजस्ती चन्दा तोकिने गरेको लगायतका समस्याहरु रहेको निश्कर्ष निकालियको थियो । त्यसैगरी जनताहरुको बिजमा योजना कार्यन्यन गर्दा मैत्रीपुर्ण छलफल र अन्तरक्रिया गरी जनअभिमतको आधारमा नितिहरु तर्जुमा गर्ने न्युनतम जनवादी मुल्य, मान्यताको बिरुद जनताप्रति गैरजिम्मेवारीका साथ दबाफमुलक र असहिस्णुतापुर्बक प्रस्तुत हुने कार्यशैली रहेको थियो ।

बिपक्ष राजनिति शक्तिहरुप्रतिको व्यवाहारमा रहेको सकिर्णता र शिक्षकहरु जस्तो बौदिक समुदायप्रतिको व्यवाहारमा रहेको‌ नोकरशाही कार्यशैलीका समस्याहरु पनि थिए । यसरी माक्सबाद, लेलिनबाद र माओबादको बैचारिक मार्गनिर्देसन र जनदिशासग मेल नखाने यान्त्रिक, नोकरशाहि र अराजक प्रबृतिहरू जस्ता गम्बिर गल्तीहरु भयका थिए । यी गम्बीर गल्ती हुनुमा तत्कालिन पार्टीको जिल्ला ईन्चार्ज, सेक्रेटरी र जिल्ला जनसरकार प्रमुखलाई दोसी ठहर गरी कार्बाही गरियको थियो भने समयमा नै सहि सुझाबहरु दियर समस्या नियन्तण गर्न नसकेकोमा क्षेत्रियब्युरोको पनि आलोजना भयको थियो।दैलेख घटनापछि दैलेख जिल्लाको पार्टी जीवनमा क्रमभङता आयको थियो । २०६२ सालको बैसाख महिनामा दैलेख जिल्लाको एेतिहासिक जिल्ला भेला जुम्लामा सम्पन भयको थियो । जुम्ला भेलावाट कमरेड आर्ट ईन्चार्ज/सेक्रेटरी रहेको २५सदस्य जिल्ला कमिटी गठन गरियको थियो ।

२०६३ सालमा ईन्चार्ज आर्ट र सेक्रेटरी अर्जुन, २०६४ सालमा ईन्चार्ज राहुल र सेक्रेटरी दिपशिखा, २०६५ सालमा ईन्चार्ज कुसल र सेक्रेटरी सुमन, २०६७ देखि २०६९ साल सम्म ईन्चार्ज कुसल र सेक्रेटरी दिपशीखा रहनु भयको थियो । २०६९ सालमा कमरेड मोहन बैद्यको नेतृत्वमा कमरेड प्रचन्डसँग सम्बन्ध बिच्छेद गरी नयाँ पार्टी नेकपा-माओबादी गठन गरिपछिको २०७० सालमा भयको प्रथम एेतिहासिक जिल्ला सम्मेलनबाट कमरेड अर्जुनको नेतृत्वमा ९५ सदस्यिय जिल्ला कमिटी गठन भयको थियो । २०७० सालको चुनाव बहिस्कारमा यस जिल्ला कमिटीले महत्वपुण भुमिका खेलेको थियो । २०७१ साल मसिर ८ गते मोहन वैद्यसग बिद्रोह गरी हालका ने .क .पा. माहासचिव बिप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (माओबादी) गठन भयको थियो । २०७२ माघ ३ र ४ गते दैलेख सदरमुकाममा सम्पन भयको दोर्सो एेतिहासिक जिल्ला सम्मेलनबाट कमरेड बिबेकको नेतृत्बमा २५ सदस्यिय जिल्ला कमिटी गठन गरियको थियो । जिल्लामा हाल यहि कमिटीले एकिकृत जनक्रान्तिमा महत्वपुर्ण भुमिका खेलिरहेको छ ।

दैलेख जिल्लाको कम्युनिस्ट आन्दोलन बिभिन्न उतार चडावको बिजबाट यहाँसम्म आईपुगेको छ।जनयुद्को नेतृत्व कमरेड प्रचन्डमा आयको बैचारिक राजनितिक बिचलनको कारण विजयको नजिक पुगेको जनयुदको अन्त, जनमुक्तिसेनाको बिघटन, जनसत्ताको बिघटन र अहिले पाटीको बिघठन गरी संसदबादमा पतन हुन पगेपछि शहिद परिबार बेपत्ता परिवार र नेपाली जनताका सपनाहरु अधुरा रहेका छन् । दैलेख जिल्लाको तत्कालिन नेता कार्यकताहरुको पक्ति‌ पनि प्रचन्डसंगै सँसदबादी राजनितिमा लागेपछि जिल्लामा अहिले नयाँढगले पार्टी र क्रान्तिलाई अगाडी बढाउनु पर्ने अबस्था छ । हुनत जिल्लामा संसदिय राजनितिमा कथित कम्युनिस्टको नाममा बद्नाम भयको सरकारी नेकपाको बलियो पकड छ । सघका दुईवटा र प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्रमा नेकपाले जितेको छ भने स्थानिय तहमा पनि ३वटा नगरपालिका र ४ वटा गाउपालिकामा कथित नेकपाले नेतृत्व गरेको छ । यतिहुँदा पनि दैलेखी श्रमिक जनताका समस्याहरु यथाबत रहेका छन । दैलेखी समाजमा अन्याय, अत्यचार, भ्ररस्टाचार पनि छदै छ । शोषक र शोषित वर्गविजको खाडल पनि गहिरो छ । स्थानिय तहमा नातावाद, परिवारवाद, पाट्रीबाद, जातिवाद र भ्रस्टाचार मौलाउदै गईरहेको छ । यी सबै समस्याहरुको समाधान यो व्बवस्था र यो कथित नेकपा बाट सम्भव छैन । त्यसैले आउनुहोस‌ विगतको समिक्षा गरौ , वर्तमान र भविस्यको वाटो ।

You can share this post!