राजनीतिक सत्तामा दलाल पुजीवाद

तुफान सिंह कालिकाेटे

नेपालको राजनीतिक बिकास नयाँ चरीत्रको छ । यहाँ पुजीवाद पनि छैन र सामान्तबाद वा अर्धसामन्तबाद पनि छैन । पुजीवादका कयौं विशेषता भेटिन्छन भने अर्धसामन्तबादका विशेषताहरु पनि भेट्न सकिन्छ । न यहाँ साम्राज्यबादको प्रत्यक्ष उपनिबेस छ, न त देश स्वतन्त्र र स्वाधीन नै छ । यहाँ दलाल पुजिबाद्को हाबी छ । दलाल पुजिबाद भनेको बिदेशी साम्राज्यवादि शक्तिहरुको आड र निर्देशनमा देशभित्र जनतामाथी शासन गर्ने ब्यबस्था हो । यसले आफ्नो मुठीभर दलाल बर्गलाई राज्यका सबै क्षेत्रमा हाबी गराएर राजनीतिक, आर्थिक, सुरक्षा, प्रसासनिक सबै क्षेत्रमा पकड जमाउछ ।

 यसले प्रजातान्त्रको मुकुन्डोमा निरङ्कुस शासन संचालन गर्छ । नेपालमा १० बर्षको जनयुद्ध र राजतन्त्रको अन्त्यपछि यो शासन हाबी हुन पुगेको छ।यस्तो राजनीतिक विशेषता भएको देशमा हामीले पुजिबादमा प्रयोग गरिने जनबिद्रोह वा अर्धऔपनिबेसिक र अर्धसामन्ती देशमा गरिने दीर्घकालीन जनयुद्धको कार्यदिशा प्रयोग गरेर क्रान्ति गर्न सकसकिदैन । यहाँ एकीकृत जनक्रान्तीको कार्यदिशा प्रयोग गरेर मात्रै क्रान्ति गर्नुपर्छ ।

You can share this post!