चलचित्र बोर्डका पुर्व अध्यक्ष भण्डारीको प्रचण्डलाई चिठी

यो पत्र कम्रेड प्रचण्ड सम्म पुगोस।
प्रिय प्रचण्ड सलाम


तपाइसङ बितयाएका तेईस बर्ष हरु बडो रोमान्चकारी रहे । सुरुका तपाईंका दस्तावेज हरु हेर्दा हाम्रा आङहरु जिरिङ हुन्थे । हामी तपाईंका योजनामा बिना सर्त हामफाल्थ्याैँ । पछि पार्टी टुट्फुट भयो, भताभुङ भयो, तै पनि बिचार र राजनितिमा तपाईं नै हो भनेर हामी लागि रह्यौ । समकालीन राजनितिमा तपाईंले भुमिका निर्बहागर्न सक्नु हुन्छ भन्ने नै लाग्थ्यो, तर बिडम्बना सगठनको ममिलामा केही दोश हरु केही समस्याहरु रहेछ्न भन्ने अहिले लागिराको छ ।

एकै पटक हो पनि होइन पनि भन्ने तपाईंको बानी अच्मम लाग्दो छ । नेता ले हो वा होइन भन्न सक्न्नु पर्द्छ । तर तपाईंको बानी अगाडी सबै हो र पछाडि सबै होइन भन्ने देखियो । तपाइलाइ नेस्तनाबुद गर्ने तपाइको हाड गोटेर चन्दन लगाउनेलाइ आफ्नु देख्नु, पुर्स्कृत गर्ने र तपाईंलाइ टाउकोमा बोक्नेलाइ तिरिस्कृत गर्न्र यो माैसम बडो हास्यास्पद छ । तपाईंलाइ लाग्दो हो, दुई चार जना कर्पोरेट हाउस मिडिया र बिचाैलिया भय राज्य ठिकै हुन्छ । तर हामी भुइ मान्छे हरुले कति प्रस्नको जवाफ दिनु पर्छ त्यो हामिलाइ नै थाहा छ, मैले एउटा उखान सम्झे “ढाटको निम्तो खाइ पत्याउनु” तपाइको कार्य शैली मलाइ तेस्तै लाग्यो तपाईंको दुइतिहाइको सरकार चिरायु रहोस । शुभकामना । मन लागे मेरो पार्टी सदस्यता खारेज गरिदिनुहोला ।
तपाईंकै गणेश भण्डारी ।

लेखक चलचित्र बाेडका पुर्व अध्यक्ष हुन

You can share this post!