नेपालमा पर्यटन विकासको सम्भावना र चुनौती

पर्यटन पूर्वाधार, पर्यटन प्रवद्र्धन, र पर्यटकीय गतिविधिहरुको विविधिकरण तथा विस्तार गर्ने नेपाल सरकारको नीति रहेको सन्दर्भ, नेपाल अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण रहेको, राजनीतिक स्थिरता उन्मुख अवस्थाले शान्ति सुरक्षाको सुध्रिदो अवस्थाले नेपालको पर्यटन क्षेत्रमा आशाका किरणहरु फैलिएको महशुस गरिएको छ । अर्कोतिर बढ्दो शहरीकरण र भूमिको उच्च मूल्य बृद्धिका कारण प्राचिन सम्पदाहरुको अतिक्रमण बढ्दै जानु, पर्यटकहरुको सुरक्षाको सवालमा कमजोर स्थिति देखिनु, असुरक्षित हवाई यात्राको सूचिमा नेपाल परिरहनु, सेवा भन्दा पनि डलर उन्मुख व्यवसायिक मानसिकताको प्रवृत्ति नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका चुनौतीको रुपमा पैदा भैरहेको अवस्था छ ।

के हुन सम्भावनाहरु ?

  •  अद्धितीय पर्यटकीय क्षेत्रको विद्यमानता
  •  पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास बढ्दै जानु
  •  छिमेकी मूलुक चीन तथा भारतबाट ठूलो संख्यामा पर्यटक आउन सक्ने सम्भावना
  •  पर्यटन क्षेत्रमा निजी लगानीमा बृद्धि
  •  शान्ति सुरक्षाको अवस्था सुधार हुंदै गएको
  •  स्थानीय तहबाट पर्यटकीय उत्पादनमा जोड दिने सम्भावना रहेको
  •  आम नेपालीमा बढ्दो आन्तरिक पर्यटन प्रबृत्ति
  •  गैर आवसीय नेपालीको सकृयता
  •  अन्य मूलुकहरुसंग हवाई सेवामा बृद्धि
  •  पर्यटन क्षेत्रको विकास र विस्तारको लागि विभिन्न देशसंग समझदारी पत्रमा हस्ताक्षर
  •  सामाजिक सांस्कृतिक सम्पदाको प्रचुरता
  • साहसिक पर्यटनको अत्यधिक सम्भावना
  •  भुकम्प पछिको पुनःनिर्माण तथा नव निर्माण
  •  विदेशी पर्यटकहरुले नेपाल प्रति देखाएको माया/सम्मान
  •  अन्तराष्ट्रिय संस्थाहरुद्धारा विश्वमा भ्रमण गर्नै पर्ने स्थानहरुको सूचीमा नेपालका पर्यटकीय गन्तव्य समावेश हुंदै जानु

चुनौतीहरु के के छन् ?

  •  भुकम्पबाट क्षतिग्रस्त सम्पदाको समयमै पुनःनिर्माण सम्पन्न गर्नु
  •  अन्तराष्ट्रिय जगतमा परेको नकरात्मक प्रभावको निराकरण
  •  प्राचिन सम्पदाहरुको अतिक्रमण रोक्न
  •  पर्यटकीय सूचनाको व्यवस्थापन
  •  नियमित सुरक्षित र भरपर्दो यातायात (हवाई, स्थलमार्ग) सेवा
  •  पर्यटन क्षेत्रबाट प्राप्त लाभको न्यायोचित वितरण
  •  पूर्वाधार विकासमा लगानी बृद्धि
  •  पर्यटकीय सेवा तथा गन्तव्यको विविधिकरण
  •  सेवा सुविधामा गुणात्मक बृद्धि
  •  प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि
  •  पर्यटकको वसाईसंगै खर्चमा बृद्धि
  •  सूचना प्रविधिको प्रयोग बढाउने
  •  मौलिक कला संस्कृतिको संरक्षण र विकास
  •  पर्यटकीय शिक्षा र चेतना अभिबृद्धि
  •  व्यवसायिक, दक्ष जनशक्ति विकास
  •  पर्यटन क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा योगदानको यकीन गर्नु
  •  सम्भावना र अवसरलाई आय आर्जनमा रुपान्तरण गर्नु

आगामी कार्यदिशा के त ?

नेपाल संघीय ढाँचामा प्रवेश भैसकेको परिप्रेक्ष्यमा समग्र नेपाल र प्रादेशिक तहसम्मको पर्यटन प्रवद्र्धनका लागि नयाँ संरचनाहरुको निर्माण गर्ने, नयाँ परिस्थिति र अन्तराष्ट्रिय परिवेश अनुकूल हुने गरी नयाँ पर्यटन नीति बनाई लागू गर्ने, भुकम्पबाट क्षतिग्रस्त संरचना/सम्पदाहरुको तत्काल पुनःनिर्माण गर्ने, सुरक्षित, भरपर्दो हवाई सेवाको सुनिश्चितता गर्ने, पूर्वाधारमा लगानी बृद्धि गर्ने, पर्यटन विविधिकरण तथा गुणस्तरमा बृद्धि, परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्ने, व्यवसायिक, दक्ष जनशक्ति विकास गर्ने, गन्तव्यहरुको पहिचान, प्रवद्र्धन तथा बजारिकरणमा जोड दिदैं जानु आजको टड्कारो आवश्यकता हो । अवसर र सम्भावनाहरुको भरपुर उपयोग गर्न सकेमा राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान उल्लेख्य रुपमा बढ्न सक्ने नै देखिन्छ । यसका लागि पर्यटकीय सुरक्षा, सेवा सुविधाको गुणात्मक सुधार पहिलो शर्त हो ।

अ. तत्काल गर्नुपर्ने :

  •  संघीय संरचना अनुकूल पर्यटन क्षेत्रको पुनःसंरचना
  •  प्रदेश, स्थानीय तह अनुसारको प्रोफाइल तयार गर्ने
  •  पर्यटन नीति, २०६५ प्रतिष्थापन गरी नयां पर्यटन नीति जारी गर्नु पर्ने
  •  पर्यटन ऐन तथा अन्य कानूनहरुमा परिमार्जन
  •  सुरक्षित, भरपर्दो हवाई सेवाको सुनिश्चितता गर्ने
  •  पर्यटकीय सुरक्षामा जोड
  •  कुटनीतिक नियोग तथा गैर आवाशीय नेपाली संघको परिचालन
  •  पर्यटन उद्योग संचालन सम्वन्धी व्यवसायिक आचार संहिता निर्माण र कार्यान्वयन
  •  आन्तरिक पर्यटन प्रवद्र्धन अभियान संचालन गर्ने
  •  बदलिंदो परिस्थिति र अन्तराष्ट्रिय परिवेश अनुसार पर्यटन वोर्डको पुनःसंरचना गर्ने
  •  नेपाल भ्रमण वर्ष २०२० मनाउने निर्णय भैसकेको सन्दर्भमा सचिवालय गठन गरी कार्य अगाडी बढाउने

आ. मध्यकालिन कार्यदिशाः

  •  भुकम्पबाट क्षतिग्रस्त संरचना/सम्पदाहरुको पुनःनिर्माण
  •  पर्यटन विविधीकरण तथा गुणस्तरमा बृद्धि
  • नेपाल पर्यटन गुणस्तर प्रमाणिकरण प्रदान गर्ने पद्धतीको विकास गर्ने
  • होटल आवासको गुणस्तर मापदण्ड मूल्यांकन प्रणालीको विकास र विस्तार
  •  गन्तव्यहरुको पहिचान, प्रवद्र्धन तथा वजारिकरण
  •  राष्ट्रिय गौरवका आयोजनाहरु (विमानस्थल, दु्रत मार्ग आदि) को समयमै निर्माण सम्पन्न गर्ने

ई. निरन्तर गर्दै जानुपर्ने :

  •  द्धिपक्षीय हवाई सम्झौता गर्दै जाने
  •  पर्यटन प्रवद्र्धनका लागि विभिन्न सम्भावना भएका देशहरुसंग सम्झौता गर्ने
  •  वैदेशिक पर्यटनलाई तथ्यगत वनाउन तथा देशगत रुपमा पर्यटन प्रवद्र्धन गर्न देशगत रणनीति तयार गरी कार्यान्वयनमा ल्याउने
  •  पूर्वाधारमा लगानी बृद्धि गर्ने
  •  वातावरणीय दीगोपनामा जोड दिने
  •  परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्ने
  •  आवश्यकता अनुसार नेपालको पर्यटन व्राण्ड तथा सह व्राण्डको विकास गर्ने
  •  पर्यटन मेला तथा उत्सवहरुको अन्तराष्ट्रिय स्तरमा सहभागिता
  •  पदयात्रा तथा पर्वतारोहणका क्रममा आइपर्ने जोखिम व्यवस्थापनको लागि संयन्त्र निर्माण गर्ने
  •  पर्यटन क्षेत्रमा सामुदायिक सहभागिता सुनिश्चित गर्ने
  •  पर्यटनमा महिला सहभागिता सुनिश्चित गर्ने
  •  व्यवसायिक, दक्ष जनशक्ति विकास गर्ने

ढकाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हुन् ।

श्राेत प्रशासन

You can share this post!