हाम्रा हरेक वस्ती विश्व पर्यटनको लागि इमेजिनरी ड्रीमल्याण्ड हुन्

लक्ष्मण चौलागाईं विद्रोही

व्यवस्था बदल्दैमा कुनै तप्का पुरै दुश्मन जस्तो, कुनै तप्का एउटै परिवारको सदस्य जस्तो, कुनै तप्का प्रतिपक्ष जस्तो ,गणतन्त्र भनिएको वयवस्था अरे ,जातिको नाममा कोटा ,जातीयतालाई प्रश्रय दिने खाले जातीयताका संघीय राज्य ।हामी सबै मानव जाती हौं भन्ने सन्देश दिन नसकेको लोकतान्त्रिक गणतन्त्रको संविधान नै लोकतान्त्रिक नदेखिएको विडम्बना बारे जिम्मेवार निर्णायक तप्कासम्मको ध्यानाकर्षण हओस भन्न चाहें। आज हामी थुप्रै कठिनाइ र चुनौती सहन बहन गर्दै एक्काइसौं शताब्दीमा आइपुग्दा पनि त्यही झुप्रोको पीडा र त्यही झुपडीको चिन्ताभन्दा माथी उठेर एक्काइसौं शताब्दीको युगसापेक्ष बन्न सकेका छैनौं। संसार एक्काइसौं शताब्दीको विज्ञानको युगबाट साँघुरिदा हाम्रा जीवनशैलीहरी १६ औं शताब्दीबाट माथी उक्लिन सकेका छैनन् । हामीले पढ्ने शिक्षा सर्टिफिकेट किन्ने माध्यम मात्रै बन्न विवश भएको अवस्था छ ।

हामीले आफ्नो हातमा जुन घडी बांध्छौं तर बिग्रदा बनाउन जान्दैनौं,हामीले हाम्रो घडीको ब्याट्री फेर्न हामीले लिएको मास्टर्स डिग्रीको सर्टिफिकेटले काम गर्दैन। हामी बस्ने झुप्रो चैत्रमा पाटिभन्ज्याङ्बाट घरै उडाउला जसरी आउने आँधीले उडाइदिएको मेरो खर र छ्वालीको धुरी टाल्न मेरो वर्तमान मास्टर्सको सर्टिफिकेटले सक्दिन । बदलिएको व्यवस्थाका बुर्जुवा बन्न विवश विडम्बना : अनि हामी आज बदलिएको व्यवस्थाको बुर्जुवा बनिन विवश भएका छौं। गफ जति पनि जान्दछौं। गफले हामी अन्तरिक्षमा परिक्रमा गर्छौं तर कामले हामी हाम्रै संसारमा बेखबर छौं। आदर्शका कुरा पनि सयौं वर्ष गर्न सक्छौं तर व्यावहारत: हामी मजदुर,सर्वहाराबर्ग जहाँ श्रम गर्न गए पनि हेपिन्छौं/ ठगिन्छौं ….जब भारतमा नोकरी गर्न भनेर जान्छ नेपाली गाउँको एउटा झुपडीको मास्टर्स डिग्री गरेको शिक्षित युवा भारतमा गएर वाचमैनको काम गर्न विवश मजदुर र बोलाउने क्रममा पनि बहादुर भनेर बोलाइन विवश छ।

मलेसिया जान्छ अर्को बेचलर डिग्री गरेको अर्को युवा उ उता आकाश छुने गगनचुम्बी भवनमा ज्यानलाई खतरामा मोलेर रंग लगाउन विवश छ ।अनि अर्को एसएलसी पास गरेको युवा साउदीमा झुठा आरोपमा रेटिन मिति कुरेर बस्न विवश तारिकको हाम्रो विडम्बना र ब्लड मनीका खबरले लोकतन्त्र खै कहाँ र कसको लागि कुन शिक्षा लिएर आएको छ ? भन्ने प्रश्न उठाउने गर्दछ। सवाल : शिक्षा/स्वास्थ्य र रोजगार अहिलेको मुलुकमा जनताको पहिलो माग हो। जहाँ जनताले राज्यलाई महंगो कर तिरिसकेपछी उपचार खर्च विदेशमा लानुपर्ने खाले बिमारी देखि स्थानीय उपस्वास्थ्य चौकिमा गरिने उपचार सम्मका केसलाई नि:शुल्क उपचार सेवा दिने दायित्व जिम्मेवार सरकारको हुनुपर्छ । यसलाई व्यापारीकरण गरिनुभएन। शिक्षा गुणस्तरीय हुनुपर्यो। देशका सबै विद्यालयहरुमा एकै खाले तर नयाँ प्रविधिको शिक्षाको सुरुवात गरिनुपर्यो। जो नि: शुल्क हुनुपर्यो। अनि व्यावसायिक किसिमको हुनुपर्यो। नेपाल कृषिप्रधान देश भएकोले नयाँ नयाँ प्रविधिका खेती गर्न सिकाउने कृषि विषय नेपालको माटो र अवस्थिती अनुरुपको बनाइनुपर्यो।

हिमाल ,पहाड र तराईका तीन वटै माटो सुहाउदो व्यावहारिक कृषि पद्दतीको प्रारम्भ गर्नको लागि युग सापेक्ष कृषि शिक्षा मुलुकको पहिलो आवश्यकता हो। कृषीमा स्नातक गरिसक्दा उक्त विद्यार्थीले उत्पादन गरेका खाद्यान्न,फलफूल ,सब्जीहरु अन्तरास्ट्रिय सुपरमार्केट तिर पैठारी हुने भएकोले एउटा एक्स्पोर्ट एयरपोर्ट बनाउने दिन सहजै आउँछ । अनि अन्य प्राविधिक ,प्राकृतिक र पर्यटन शिक्षालाई सर्वत्र लागू गर्ने हो भने कुनै पनि मास्टर्स र पिएचडीहरुले साउदीको तातो ५५ डिग्रीमा रगतको बाफ पसिना बहाउदै राज्यलाई त्यो रगतपसिनाको कर तिर्न विवश हुनुपर्ने थिएन । यसैले नि:शुल्क र व्यावसायिक शिक्षा व्यवस्था बदलिएको देशको अवस्था बदल्न लागू गरिनुपर्यो। रोजगार: हाम्रो देश नेपाल भौगोलिक हिसावले भूपरिवेष्टित मुलुक भएकोले हामी विकासमा अत्यन्तै पछी परेका छौं। अब्बलअब्बल इन्जिनियरहरु लगाएर मुलुकका सबै पहाडहरुबाट सुरुङ /सडक मार्ग र रेल मार्ग खोल्ने हो भने नेपाल संसारभरिका पर्यटकको लागि आकर्षणको केन्द्र बन्न पुग्ने थियो ।

नमुना कृषीप्रधान देश नेपालमा अमेरिकी ,युरोपेलीहरु श्रमदान गर्न आउने थिए । हामीले उत्पादन गरेको अनाजहरुको उत्पादन कसरी गर्ने भनेर तालिम लिन,अध्ययन गर्न विदेशीहरु आउने क्रम तिब्र हुने थियो। पहिला सडक विस्तार गरिनुपर्यो। त्यसको लागि कुनै चाइनिज र जापानीज ठेकेदार हैन आफ्नै ७० लाख युवाहरुलाई परिचालन गर्ने हो भने मासिक १ लाख रुपैया हाम्रा युवाले आफ्नै देशको विकास गर्दै कमाउनेछन। पुलपुलेसा,स्कुल,क्याम्पस ,अस्पताल बनाउन हाम्रै सत्तरी लाख युवा परिचालन गर्ने हो भने छोटो अवधिमा देशको रुपरेखा बदलिन पाउने थियो। अनि बदलिएको व्यवस्थाले अवस्था बदलिदिएको भान हुन थाल्ने थियो। हाम्रा हरेक वस्ती विश्व पर्यटनको लागि इमेजिनरी ड्रीमल्याण्ड हुन्। तर खै देशले खोजेको सवाल जनताकोमा पुगेको ? खै अब्बल पर्यटनका मन्त्री ? यो बेला भनेको क्वारेन्टाइनबाट देश कसरी बनाउने बनाउने भन्ने चिन्तनमा हुनुपर्ने समय जो अब गुज्रँदै छ ,

पर्यटनको जिम्मेवारी लिने सरकारले नेपालका प्रत्येक वस्तीका सम्भावनाहरु के के छन् भनेर सोधेको सुन्नुभएको छ हजुरहरु कसैले? सायद छैन यतिबेला मुलुकमा मेलम्चीको पानी र गौतमबुद्ध विमानस्थलका समाचारहरु अलिअली औपचारिकतामा आएतापनी त्यो बदलिएको व्यवस्थाको दुइटा विकास मात्र अवस्था परिवर्तनको पर्याय हैन ।व्यवस्थाको मर्म अनुरुप गर्नुपर्ने काम पानी र एयरपोर्टको मात्र हैन जनताका अवस्थाका पनि हुन् भन्ने सवाल जिम्मेवार पदमा ग्रहण गरेको सरकारी जिम्मेवारीले गर्नुपर्थ्यो। तर यहाँ मुलुकका जनताको स्वास्थ्यको ठेक्का लिएको स्वास्थ्यमन्त्री नै नेपालीहरुको अवस्थाबारे कति रोगी छन् ,कसको के समस्या छ ?भनेर डेटा लिन जनप्रतिनिधि खटाएको कुनै समाचार सुनेको छैन ।बरु ओठे जवाफ देशबासीलाई दिदै गरेका न्युज भने केही दिन अघि

पढिएको थियो। हामीले चाहेको देशको व्यवस्था यस्तो अवस्थाको हैन। जहाँ जनता मालिक र सत्तामा बस्ने व्यक्ती जनताको सेवक हुनुपर्छ अनि मात्र लोकतन्त्रको नवीन राज्यको सुन्दर अनुभुती जनताले गर्न पाउनेछन् । देश बनाउने खाले दल बन्यो भने ७० लाख युवाले विदेशमा श्रम बेच्नुपर्दैन। विदेशमा श्रम बेचिरहेका हाम्रा युवायुवतीले विदेशमा मासिक जति कमाउछन् त्यसको ५ गुणा बढी श्रमको मूल्य आफ्नै देशमा पाउछन् । बृध्द्दाश्रममा बस्ने ती असहाय बा आमाहरुकै खातामा १५/२० लाख ब्यालेन्स हुन्छ। युवाहरु जती कोहि खेतीपातीमा कोहि व्यापारमा ,कोहि पर्यटनमा बाहिर देखि विदेशी श्रमिक ल्याउनुपर्ने हुन्छ। मानिसहरु हर क्षेत्रमा मेसीन झै चलिरहेका हुन्छन् । त्यो अवस्थामा हाम्रो देशको सत्ता भोलुन्टर सत्ता हुन्छ ।

राजनितीमा लाग्नेहरु कम मात्रामा हुन्छन् । देशको माया गर्ने लोभ लालछ नभएका मान्छे प्रधानमन्त्री बन्छन् । हाम्रा दाजुभाइ दिदिबहिनी त्यतिबेला संसार घुम्ने पर्यटक बनिसकेका हुन्छन् । श्रमदानमुखी सत्तामा भ्रष्टाचारका सपना दिवा सपना बन्छन् । हो त्यो दिनको पर्खाइमा छु। जुन दिन त्यस्तो नया विहान आउँछ त्यसपछी आफ्नै मृत्यु पनि मीठो हुन्छ। मृत्यु एकैखाले हुदैनन् ,कति मृत्यु त कर्तब्य पूरा गर्दानगर्दै अल्पायुमा नै मर्छन। कति मृत्यु चिन्तै चिन्तामा भएका हुन्छन् । ढुक्कले बिना चिन्ता मर्न पाउने मानिसहरु भाग्यमानी हुन् । तर सहिदहरु पनि चिन्ताले नै मरे र जनताहरु पनि चिन्तामा नै रहिरहे। चिन्तनको सुरुवात अबको खोज’श्रमदानमा सरकार – समृद्धिको प्रारम्भ आफैं हुन्छ। लोभ ,पाप,मोह ,विलासिता सबैको अवसान हुन्छ त्यसपछि ।अनि भनौं सत्य युग जस्तै सुशासन । जनताको स्वराज्य स्थापित भएन तर नेता र दलको मात्रै बडा दसैं बन्छ भने व्यवस्था कुनै दलको झन्डा बोक्नुभन्दा राष्ट्रिय झन्डा बोकेर गोली पिउनु उचित हुन्छ।

You can share this post!