मन त मेरो नेपाली हो

– “मिलन दाहाल”

“जननी जन्मूभुमि स्वर्गदपी गरिएसि ” भनिन्छ नि मानिसलाई आफूलाई जन्म दिने आमा र आफु जन्मेको देश स्वर्ग भन्दा प्यारो हुन्छ । हो आज विभिन्न कारणले आफ्नो देश छाडेर विदेश पलायन भएका नेपाली जो सात समुन्द्र पारी वेदनामा हुदा स्नेहको हात सरकार ले बढाउन आवश्यक छ । चाहे जिवनलाई नयाँ ढंगले सजाउने सपना देखेर होस् कि अन्तर्राष्ट्रिय उच्च शिक्षा हासिल गर्न त कोही लामो समयसम्म देशमा चलेको बेरोजगारी समस्याले गर्दा वाध्यताले आफ्नो देश छाडेर परदेश लागेको नेपाली हुन् सबैले आ-आफ्नो क्षेत्रबाट राज्यको विकासमा टेवा पुर्याउने काम गरेका छन् ।

आज विश्वले नै महामारीको सामना गरेको बेलामा हजारौं नेपाली पनि वेरोजगार हुने अवस्था आएपछि कयौं नेपालीले रोजगारी गुमाएका छन् जसको कारण चुलोमा आगो बालेर खाना खाने समयमा गार्हो भयको छ । यसको सिङ्गो असरले राष्ट्रको रेमिट्यान्स सेवा मा पनी ठुलो असर परेको छ । आशा गरुम विश्वले यो महामारी बाट चाडै नै निकास पाउने छ। विदेशमा हुनेको उध्दार त परको कुरा रहयो । महाकाली पारी आएर पनि आफ्नो देश फर्केर आउन नपाउनुको पिडा कस्तो होला ? सङ्कटको बेलामा दुस्मनलाई पनि शरण दिनुपर्ने बेलामा हजारौं नेपालीलाई किन ध्यान दिएन । जनकपुर बाट १ जना माननीय लाई अपहरण शैलीमा काठमाडौं उपत्यकामा ल्याउनु सकिन्छ तर त्यो मोटरले महाकाली पारी आएर बसेका आफ्नो देश फर्केर आउन लागेको मानिसलाई ल्याउन सक्दैन । खाडी मुलुकमा विद्यमान समयमा गार्हो गरि असुरक्षित महसुस गरेर जोखिमपूर्ण अवस्थामा पनि काम गरिरहेका नेपालीको बारेमा खै कस्ले सोच्छ यो बारेमा । अभिभावक बन्नु पर्ने बेलामा मेरो देशको सरकार कहाँ कमिसन बढी आउँछ भनेर खोजी गरी रहेको छ ।

प्रत्येक व्यक्तिले आफ्नो देशमा लगानीका विभिन्न स्थानमा टेवा पुर्याउने काम गरेका छन् । यस्तो अवस्थामा राज्यको सम्पूर्ण ध्यान कोरोना भाईरसको कारण ले विदेश मा बस्ने नेपाली जो आफ्नो देश फर्केर आफ्नो परिवार सँग यो महामारी को बेलामा सग सगै जिउने रहर साचेर पर्देशी भुमिमा मनमा एक पिढा अनि दु ख सम्झेर कोहि मनमा अनेक डरको बिचमा ‌जिवन र मरणको दोसाँधमा पुगेका हजारौं नेपालीलाई नागरिकको व्यवहार गरि सुरक्षितरुपमा नेपाल आउन सक्ने सम्भावना विकास गर्न सके कति जाती ‌हुने थियो होला । आफ्ना जनतालाई स्वदेश फर्काउने विषयमा राज्यले तुरून्त पहल गर्न आवश्यक छ । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउनु पर्नेमा मेचि पारी आएर बसेका नागरिक सरह व्यवहार नगर्नु सरकारले वेवास्ता गरेको जस्तो भान हुन्छ

तर हुन त कोरोना भाइरसको संक्रमणको डरले नेपाल सरकारले भारतमा रहेका नेपालीलाई समेत नेपाल फर्काउन नसकिरहेको बेला सात समुन्द्र पारिबाट फर्काउनु भनेको कठिनको कुरा पनि हो । तर भौगोलिक रूपमा टाढा रहेको होस् वा भावनात्मक सम्बन्धको रुपमा रहेको होस् जो जहाँ भए पनि थियो होला । मेचिको होस् वा महाकालीको नेपाली जो जहाँ भए पनि यो मन त मेरो नेपाली हो ।

हाल अस्ट्रेलिया बाट

You can share this post!