कानुन र नेपाल

खडक बिश्वकर्मा

एसिया महादेशकाे सुन्दर देश ! समुन्द्रले माया गरेर नछाेईकन भित्तामा राखेकाे देश ! चन्द्र सुर्य अंकित झन्डा,भगवान गाैतम बुद्दकाे शान्ति सन्देश,सगरमाथाकाे शिखर,गाेर्खालि बहादुरी र बिरताले बिश्वमा चिनिएकाे देश ! त्याे हाे नेपाल । नेपाल जाेगाउनका लागि नेपालिकाे अस्तित्व बचाउनका लागि बर्तमान नेपालकाे परस्थिति बिदेशि र दलालहरुकाे ईशरा बाट देश बचाउन सक्ने लिडर अहिले नेपाल र नेपालि जनताले खाेजिरहेका छन ।

कसरी नखाेजुन ? राणाहरुकाे दमन र बिदेशिकाे हस्तक्षेपले पुर्ब मेचि र पश्चिम महाकालि सम्म अाँशु पुच्छ्न नपाउँदै,सडकलाई साथि र बस्ति बनाएर बसेका सुकुम्बासि जनता अाफ्नाे एक मुठि जमिन नभएर अर्काकाे जमिन जाेतेर जिबिकाेपार्जन गरेर दास बनेर बसेका हलिया, राणाहरुले अाँखा हुदा पनि अन्धा बनाएका अशिक्षित नेपालि, पुरुषकाे ईशरामा बन्दकि बनेकि नेपालि नारी, सिपका राजा तर घरभित्र जान नपाई पानि समेत छुन नपाएका दलित, हस्तक्षेप र सामन्तकाे दमनमा परी दिनभरी सामन्तकाे काम गरेर साँझमा एक छाक टार्न नपुग्ने मजदुर, याेग्यताले अयाेग्य बनेका पिडित, सामन्तकाे बिवाहमा घाेडा बनेर डाेला बाेक्ने दलित, जबरजस्ति ब्यास्य बन्न पुगेकि महिला र सामन्तिका छाेराछाेरीकाे सु स्वास्य दिर्घायुकाे लागि बलि चढाईएका गरिबका बालबालिका जस्ता अनेकाै बिकृति बिसंगति याे नेपालले नचाहादा नचाहादै खेप्नु पर्याे ।

२००७ सालमा पर्जातन्त्रकाे स्थापना भयाे । यता काङ्गेस उता राजा! काङ्गेसले बिभिन्न नारा ल्याएर जनतामाथि लाेकप्रियता देखाए जस्ताे गर्ने अनि राजाले राजाले (खाए खा नखाए घिच) भने जस्तै (सके तर नसके मर) हुकुम चलाउने शाहि सेनाका बुडकाे कुटाई राजाकाे हुकुम सँग सकि नसकि ज्यान जाेखिम सँग माेल्न नेपालि जनता बाध्य भए । नेपालकाे दुर्दशाले हाेस अथवा जनताले मुक्ति पाउने अाश २०४७ सालमा देशमा बहुदल घाेषणा भयाे । यस संग सँगै नेपालमा बिभिन्न राजनैतिक दलहरु खडा हुने बटाे खुल्याे । माले, मसाल जस्ता दलहरु समेत बने राजाकै पालामा बहुदल घाेषणा भएपछि राजाकाे पिंजडामा रहेका हरेक नेपालिकाे मुक्तिकाे लागि शहरमा पढेर गाउँ फर्किएका युवाहरुले नेत्रित्व गरेर मसाल नामक पार्टिलाई अात्म साथ गर्दै २०५१ साल सम्म बिभिन्न संघर्षका कार्यक्रमहरु अगाडि बढाए याे सब राजाकाे लागि दिनानु दिन हानिकारक बन्दै गयाे ।

अाज भाेलि हिजाे देखि हामि जनताकाे अधिकारका लागि संघर्ष गरेका हाै भन्ने काङ्गेस एमालेहरु राजाकाेकाे ईशरामा नाचेर जनताका रमिते बनेका थिय ।मसाल नामक पाटि बिस्तारै बलियाे हुदै गयाे । नेपालि जनता र नेपालकाे मुक्ति चाहाने देशभक्त श्रमजिबि जनतनहरु एक भए ! यसकाे संकेत मात्र याे थियाे कि राजतन्त्रकाे प्रतिराेध ! यसरी प्रतिराेधकाे समना गर्नका लागि राजतन्त्र द्वरा मसाल प्रतिबन्धित बन्याे । २०५२ सालमा मसाल नेपाल कम्युनिष्ट पार्ट माअाेवादिमा घाेषणा भयाे । जसकाे मुख्य नेत्रित्व पाल्पा घर भएका क. प्रचन्डले गर्नु भएकाे थियाे । साथमा गाेरखा घर भएका क. बाबुराम पनि हुनुहुन्थ्याे । प्रतिबन्ध जति बलियाे थियाे प्रतिराेध पनि त्यति नै बलियाे हुदै थियाे किनकि माअावादिले सैन्य तथा हात हतियारकाे पुर्ण तयारी थालि सकेकाे थियाे ।

प्रतिबन्धकै बिचमा २०५२ साल फगुन १ गते तत्कालिन माअाेबादिले जनयुद्द घाेषणा गर्याे । जनता पनि चाहेर हाेस या नचाहेर युद्दमा हुमिय ! कसैले साेचेका थियनन । राजतन्त्र देशबाट सँधैका लागि अन्त्य हाेला र देशमा गणतन्त्र स्थापना हाेला भनेर ! अाखिर भएर छाड्याे तत्कालिन माअाेवादि अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्डले) नेत्रित्व गरेकाे महान जनयुद्व दश बर्ष टेक्न सफल भयाे र सिंह दरवार बाट राजा हटाउन समेत सफल भयाे तयसैका बाव्जुत म्याग्दिकाे त्याे कहालि लाग्लाे अान्दाेलन कालिकाेटकाे पिलि र अक्षामकाे मंगलसैन रेट यसका स्मरण याेग्य क्षण बनेका छन । २०६३ काे १९ दिने जन अान्दाेलन पनि यसैकाे क्षण हाे । तर क्रान्ति अँझै सफल भएकाे थियन, जनताकाे जनबादी ब्यवस्थाकाे कुनै दस्ताबेज बनेकै थियन ।

तत्कालिन १० बर्षिय जनयुद्वका कमान्डर प्रचन्ड र बाबुरामले बाेलेकै अाधारमा अान्दाेलनमा हुमियर जनबादी ब्यवस्थाकाे लागि लड्दा लड्दै करीब १७ हजार नेपालिले ज्यान गुमाएर साहदत प्राप्त गरेका छन । अब्साेच जनयुद्वकाे दाैडानकै बिचमा राजालाई कमजाेर पार्दै गर्दा एमाले काँङ्गेसहरुले प्रचन्ड बाबुरामकाे टाउकाेकाे मुल्य ५० लाख नताेकेका पनि हाेईनन । अचम्मकाे कुरा जनता डराएर हाेईन याेद्वा ढलेर हाेईन,गलेर हाेईन । अाफ्नाे ब्यक्तिगत स्वार्थकाे लागि प्रचन्ड र बाबुरामले २०६५ साल जेठ १५ गते पाल्पा जिल्लामा काङ्गेस सँग सम्झाैता गरी पत्रकार सम्मेलन मार्फत देशमा गणतन्त्र घाेषणा भएकाे पुष्टि गरे । उनिहरुले जनयुद्वका कुनैपनि सह याेद्वा सँग परामर्श नगरीकन घाेषणा गरीएकाे गणतन्त्र अाफ्नाे स्वार्थका लागि या जनताका लागि कसैले याे साेचेनन ।

कतिपयले यतिस्म साेचे प्रचन्डले क्रान्ति जनतालागि गरे याे गलत हाे कसरी ? प्रचन्डका छाेरा बुहारी श्रिमति नातेदार काेहि सहिद छन छैनन । किनकि जनतालाई युद्वमा हुमाएर अाफ्नाे पुरै परीवारकाे शुरक्षाकाे लागि प्रचन्ड भारत प्रस्थान भएका थिय । अबसाेच गणतन्त्र घाेषणा भईसके पछि अधिकार र मुक्ति पाउने अाश गरेका जनताले बहुमतकै अाधारमा गणतन्त्र नेपालकाे प्रथम प्रधानमन्त्रि पनि प्रचन्डलाई नै बनाए । यसकाे बदलामा प्रचन्डले लाजिन्पाटमा अाफ्नाे घर बनाए । जनयुद्वमा प्रचन्डकै अादेशमा कलम छाेडेर बुन्दुक चलाउने युवाहरु बिदेशमा छन । ति नै जनमुक्ति सेनाकै पैसाले अाज प्रचन्ड अरबपति भएका छन । त्यहि जनयुद्वमा हजारा‌ै जलजलाहरु जस्ता महिलाहरुले प्राण त्याग गरेका छन । उनिसँगै कि सहयात्रि गाेरखा जेलब्रेक गर्ने शाहसि महिला नेत्रि उमा भुजेल जनताकाे लागि बाेल्दा अाज प्रचन्डले नै बनाएकाे चिसाे जेलकाे छिडिमा छन । त्यसकाे बदला जनयुद्वमा भारतमा सुरक्षित बसेकि प्रचन्ड पुत्रि रेणु अाज मेयर छन बुहारी मन्त्रि छन ।

हिजाे जनतालाई कम्युनिष्टझुटकाे खेति गरेकाे अाज एेना झै छरपस्ट हसिया हताैडाकाे नाम निसाना मेटाएर एमालेकाे टाँग छिर्न प्रचन्ड सफल भए । देशकाे पुरै ब्यवस्था परिबर्तनका लागि लड्नेहरु अाज काेहि जेलकाे चिसाे छिडिमा छन, काेहि बिदेशिकाे नाेकर बनेर उनिहरुकाे तानाशाहि सहन बाध्य छन त्यहि पिरले अाज काेहि रक्सिकाे ईनारबाट माथि नअाउने गरी डुबेका छन । दिन दिनै कराेडाैकाे भष्टरचार भएकाे समचार अाउछ । सडकका जनता सडककै हालतमा छन । संबिधान लेख्नेहरु नै बलत्कारी छन । जातिय छुवाछुत यथावत छ । सामान्य ज्वराे अाउँदा जनतालाई सिटामाेल छैन, ज्वराे नाप्नाे थर्मामिटर छैन । बिरामि बाेक्ने स्टेचर छैन जनतामाराहरु रक्सि खाएर टाउकाे दुख्दा अमेरीका सिंगापुर जान्छन । अरवपतिका छाेरा छारी बिदेशका महंगाे स्कुलमा छन । जनता छाेरा छाेरी कापि कलम पाउँदैनन भर्ना फि पाउँदैनन । निशुल्क शिक्षा त कहाँ हाे का लाखाैँकाे लुट मचाउछन । अनि गरीवका छाेराछाेरी कहिले पढेर जागिर खान्छन । यस्ता हजाराै पिडाहरु सहन नसकेर किन यस्ताे सरकार ? भनेर सरकारलाई प्रश्न गर्नेहरु अाज काेहि दिन दहाडै गाेलि खाए मरेका छन ।

काेहि जेलमा छन । नेपालका धेरै जसाे जेलहरुमा अपराधिहरु थाेरै छन । देश र जनताकै अधिकारका लागि अावाज उठाउनेहरु बन्धि बनाईका छन । गणतन्त्र नेपालमा कानुन छ भने ३३ किलाे सुन कान्डकाे अपराधि काे हाे ? निर्मला पन्तकाे बलत्कारी र हत्यारा काे हाे ? बालुवा टावरकाे जग्गा प्रकरणका अपराधिहर कहाँ छन ? ७० कराेडकाे गिराेह पुर्ब सन्चार मन्त्रि गाेकुल बास्काेटा कहाँ हुनु हुन्छ ? यति सम्म जनता अन्यायमा छन भने नेपालमा गणतन्त्र छ नेपालमा कानुन छ भनेर कसले बिश्वास गर्छ ? सरकारी तलबकाे भरमा नेपालमा सुरक्षाकर्मि र अदालत हुदैमा कानुन छ भन्ने हाे भने, नेपालकाे कानुन दैबले जानुन । जनता अाफै जागाैँ । देश बनाउने बाटाेमा लागाैँ । अरुकाे भर नपराैँ । अपराध नसहाैँ ।

लेखक पत्रकार हुन

You can share this post!