अछाममा नगरप्रमुखले क्वारेन्टाइन राख्दा पनि जातीय विभेद गरेपछि दलित समुदाय आक्रोशित, अधिकारकर्मीहरुद्वारा बिरोध

कहिले कोरोना भाइरस नियन्त्रणका सामाग्री खरीद गर्ने नाममा त कहिले राहत सामाग्री वितरणका नाममा भ्रस्टाचार अनि विभेद भएका समाचारहरु सार्वजनिक भैरहेका छन्।  तर अछाममा क्वारेन्टाइनमा राख्ने काममा पनि एक जना नगर प्रमुखले जातीय विभेद गरेको खबर प्राप्त भएको छ।

अछामको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख देबराज देबकोटाले विदेशबाट गाउँ फर्किएका मानिसलाई जात हेरी क्वारेन्टाइनमा राखेपछि स्थानीय दलित समुदाय आक्रोशित बनेका छन्।

प्राप्त समाचार अनुसार, नगर प्रमुख देबकोटाले विदेशबाट आएका चन्द्र देबकोटा,ललित शाही, जय बडुवाल लगायत चार जनालाई क्वारेन्टाइनमा नराखी घर पठाएका छन् भने आफ्नो घरमै क्वारेन्ताइनमा बसेका सोही नगरपालिकाको वडा नम्बर ४ क प्रकाश बिकलाई  प्रहरी लगाई समातेर नगरपालिकाले तोकेको क्वारेन्टाइनमा राखेका छन्।

नगरप्रमुखले क्वारेन्टाइनमा राख्ने बिषयमा पनि जातीय विभेद गरेको भन्दै स्थानीय दलित समुदाय नगरप्रमुख देब्कोताप्रती क्षुब्ध बनेका छन् भने अधिकारकर्मीहरुले नगरप्रमुख देबकोटाको संबिधान र कानुन विपरीतको जातीय विभेद गरेकोमा चर्को बिरोध गरेका छन्।  उनीहरुले विदेशबाट आउने सबैलाई नगरपालिकाले तोकेको क्वारेन्ताइनमा राख्न माग गरेका छन्।

कोरोना भाइरसले यो जात र त्यो जात भनेर नहेर्ने भएकाले समाजमा कोरोना फैलिन नदिन नगरपालिका लगायत आम जनसमुदायसँग आग्रह गर्दै विदेशबाट फर्केका सबैलाई क्वारेन्टाइनमा राख्ने ब्यबस्था गर्न अधिकाराकर्मीहरुले अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण पनि गराएका छन्।

source janasanchar.com

You can share this post!