बान्नीगढी गाउँपालिकाले गर्यो काठमाडौमा बस्नेहरुलाई राहत बितरण

काठमाडौ विश्वभर नै तवाह फैलाईरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन देशव्यापि रुपमा गरिएको लकडाउन (बन्दाबन्दी) का कारण काठमाडौमा रहेका व्यक्तिहरुलाई बान्नीगढी जयगढ गाउँपालिकाले राहत वितरण गरेको छ ।
अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका मा स्थायी बसोबास भई हाल विभिन्न काम व्यावसाय, अध्ययन र उपचारको शिलशिलामा काठमाडौमा आई बसेका नागरिकलाई गाउँपालिकाले राहत वितरण गरेको हो ।


करिब एक महिना भन्दा लामो लकडाउनका कारण जनजिवन अस्तव्यस्त भईरहेका बेला विद्यार्थिहरु, मजदुरहरु र अन्य नागरिकलाई दैनिक उपभोग्य खाद्य सामाग्री राहत स्वरुप वितरण गरिएको छ । सो कार्यको लागि सम्बन्धित सरोकारवाला व्यक्ति र अगुवाहरुलाई सहजीकरण गरि सहयोग गरिदिनहुन बान्नीगढी जयगढ गाउँपालिकाले एक विज्ञप्ति मार्फत सबैमा अनुरोध गरेको छ । तत्पश्चात काठमाडौमा रहेका विभिन्न समाजसेवी युवाहरुले प्रत्येक व्यक्तिको घरघरमा गएर राहत सामाग्री उपलब्ध गराएका थिए ।

राहत बितरणक केहि तस्विरहरू

You can share this post!