कोराना भाईरस के हो ? कसरि बच्न सकिन्छ ?

मिलन दाहाल

अस्ट्रेलिया पनी यो महामारी बाट टाढा रहन सकेन । तरा यहाँको को सरकारले नियमलाई प्रभावकरी रूपले लागु गर्नको गरेका निर्णय ले कोरोना नियंत्रण बाहिरा जान दिएको छैन । यहां एउटा प्रांन्त अथावा राज्य बाट अर्को राज्यमा जान पूर्ण रुपले बन्द गरिएको छ । मानिसहरु लाई २ जाना भन्दा बढी समुहमा जान भेटघाट गर्न बन्द गरिएको छ । सवारी साधन मा एउटा परिवारको बाहेक अन्य २ जना भन्दा बढी हिड्न दियको छैन । होटल तथा रेस्टुराँ मानिसको भिड लाग्ने ठाउँलाई पूर्ण रूपल बन्द गरीएको छ । साथै राहत लाई प्रभावकारी रूपल बितर्र्ण र वास्तविक पिडितको पिहचान को लागी रोजगार दाताटा कंम्पनी बाट काम बन्द गरीएको पत्र अनीबार्य गरेकोले वास्तविक पिडितको परिचय गरि त्यसरि पत्रको आधारमा ATO ऑस्ट्रेलियन टेक्स अफिसबाट परिचय गरि राहत को रकम सम्वन्धित मानिसको बैंक खतामा सरकार दिने गरेकोछ

यहा full time काम गर्ने नागरिकको हकमा १५००$ फॉर्नाइटली payment गरेको पाइन्छ, जसबाट दैनिक आवश्यकता पूरा गर्ने सकियोस ।यसरी सरकारी तह बाट कड़ाईको साथ नियम हरु लागू गरिएकोले सरकारी नियम नमन्दा पर्तेक राज्यले आफ्नो नियम बनाई ठूलो रकम जरीवाना लिने गरेका छन् । राज्यको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा केन्द्रीत छ । नेपाल मा पनि लकडाउनकाे समयमा राहत बाढने नाममा दाल चामल, चिउरा भुजा लिएर गाउ गाउ भीड़भाड़ गरेर सस्तों लोक प्रियता बटुल्नू भन्दा स्थानीय निकायबाट दैनिक ज्यालादारी काम गर्ने ब्यतिहरूकाे नावावलि संकलन गरेर उनिहरूले पाप्त गर्नें मासिक ज्याला बराबर पत्येक ब्यतिकाे सिधै बैकं खातामा सरकारले पैसा हाल्दिने ब्यवस्था मिलाउनु पर्छं । सरकारले सहयाेगकाे नाममा विभिन्न व्यति तथा संस्था साथै विभिन्न अन्तरराष्टिय निकायवाट संकलन गरेकाे राहत देश भित्र काम गर्नें मजदुरहरूलाई मासिक तलब बराबर दिन पर्याप्त हुन सक्छ ।

यसरी सिधै खातामा पैसा जादा वितरण पंणालि निष्पक्ष हुनुका साथै मजदुरहरूले उपभाेग गर्नें सामान धैरै ठाउँबाट खरिद गर्दां एउटै पसलले मात्र नाफा कमाउने कार्यं बन्ध भई धैरै व्यवसाय गर्नें पसलहरूलाई फाईदा पुग्दथ्याे । नेपाल मा पनी नियम लाई प्रभावकारी रूप मा लागू गरेर जती सक्दो चाँडो नियंत्रण गर्न सकिन्छ। हाल विश्व भरी कोराना भाइरसले त्रास पैदा गरेको अवश्थामा नेपाल को उदयपुर जिल्ला पनी यो भाइरस बाट अछुतो रहन सकेन । त्यसमा पनी सदरमुकाम गाईघाटबाट नजिकै रहेको त्रियुगा नगरपालिका को वडा नम्वर ३ भुल्के । चिनको वुहानमा ३१ डिसेम्वर २०१९ मा देखिएको यो भाइरस बाट हाल सम्मा विश्वमा १७१८४३ जना मानिसले ज्यान गुमाईसकेका छन । यो रोगको कारणले विश्वको सक्तिशाली अनि स्वास्थ्य प्रणालीमा आफुलाई अगाडि रहेकाे भन्ने मुलुकमा समेत गारो समय आईसकेको छ ।

यो रोग विश्व को २०० भन्दा बढी देशमा फैईली सकेको छ ! यस्तो अवस्थमा यो रोग बाट नेपाल पनी अछुतो रहन सकेन ! बिश्वभरी महामारिको रुपमा फैली रहेको कोरना भाइरस संक्रमणलाइ थप फैलिन नदिन एबम निस्तेज पार्न भन्दै नेपालमा समेत गरियको लकडाउनको आज ३०औ दिन बिति सकेको छ आज सम्म यो रोग बाट नेपालमा बिदेशी अनि नेपाली गरी ४५ जनामा संक्रमण फैईलि सकेको छ !

के हो कोराना भाईरस ?

यो भाईरसहरूको ठुलो समूह हो । यो जनावर बाट मनीसमा सर्छ । यो भाईरास ले बिभिन्न रूप धारण गरेको पाइन्छ । जस्ले मानिसको सरिरमा रोग सग लड़ने शक्तिमा रास लिएर मानिस को स्वसपर्सवास मा अवरोध गरेर मानिस को ज्यान पनी लिने गरेको पाइन्छ । यो भाइरसको कारण सामान्य रुघा खोकी देखी लीएर MERS का साथै SARS सम्म हुने गरेको छ ।

यो रोग का लक्षणहरु

१) पखाला लाग्नू २) थकान महसूस हुनू ३) ज्वरो १००.४ डिग्रीफरेनहाईट भन्दा माथी हुनु । ४) सास फेर्न गाह्रों हूनु ५) घाटी तथा जिऊ दुख्ने जस्ता कारण देखिनु अहिलेसम्म यस्को वास्तविक कारण पत्ता लागी नसकेपनी विश्वका धेरै वैज्ञानिकको अध्यन तथा खोज बाट के कुरा को निस्कर्षमा पुग्न सकिन्छ भने यो रोग लागेको मानिसको संपर्कले अर्को मनिसमा सर्छ । खास गरी यो रोग लगेको मानिसको संपर्क बाट खोक्दा हाछयू गर्दा अनि थुकको तथा रियालको सानो सानो थोप्ला बाट । यो रोग स्वास्थ मानिसको नाक मुख आखा बट अर्को मनीसमा सर्छ । कोरोना भाईरसको ठोस उपचार हलसम्मा पत्ता लागी सकेको छैन तरपनि सामाजिक दुरी नी हालसम्म यस्को उपचार अनि प्रभावकारी बिधी को रूप मा आगाडी देखिएको छ । सामान्य तया यो माथिको लक्षणहरुको आधारमा यो रोग लागेको छ की छैन भनेर पत्ता लगायर उपचार गरिन्छ । मनीसले समान्य सरसफाईमा ध्यान दिन सके यो रोग बाट बाँच्न बचाउन सकिने बिशेषग्यहरुको भनाई रहेको पाइन्छ ।

यो रोग को लक्षण देखिएमा त्यस्तो मनीसको नजीक न जाने बारम्बार साबुन पानिले हात धुने हाछ्यु गर्दा रुमाल को प्रयोग गर्ने मास्क ग्लोब को प्रयोग गर्ने कोहि पनि मानिसमा यो रोग लागेको सङ्खा लागेमा अथवा बाहिरबाट घर आए‌पछि साबुन पानीले हात मुख नधोई त्यो हात नाक मुख अाखा को नजिक नलाग्ने । आफुलाई अथवा अरूमा यो रोग लागेको संका लागेमा आफ्नो घर वरपर कोहि विदेश बाट आएको मानिस भएमा नजिकैको अस्पताल गएर चेक जाँच गर्ने सल्लाह दिने थवा नेपाल सरकरको ४१४१९# डायल गरी जानकारी दीन सकिन्छ । तपाईको सानो सहयोगले देश लाई महामारी बाट बचाउन सकीन्छ ।

लेखक उदयपुर , देउरी निवासि हुन् ( हाल अस्ट्रेलिया ) बाट

You can share this post!